काठमाडौं । हरेक १०१० वर्षमा गरिने जनगणना आजदेखि प्रारम्भ हुने भएको छ । राष्ट्रपतिको पारिवारिक विवरण संकलन गरि जनगणना प्रारम्भ गर्ने तयारी तथ्यांक विभागले गरेको छ । जनगणना आज कार्तिक २५ गतेदेखि शुरु भई मंशिर ९ गते सक्ने विभागले जनाएको छ ।
विभागले देशभरी रहेका घरपरिवारको सुचिकरण यसअघी नै गरिसकेको छ । अब ४० हजार गणक र साढे ८ हजार सुपरिवेक्षक घरमै पुगेर विस्तृत विवरण संकलन गर्नेछन् । काठमाडौं जिल्लामा डिजिटल र अन्य जिल्लामा कागजको माध्यमबाट जनगणना गरिने छ । नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा रहेका नेपालीको संख्या अनुमानका आधारमा संकलन गर्ने तथ्यांक विभागले तयारी गरेको छ ।
वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०७:५६ मा प्रकाशित




























