back
CTIZAN AD

जनगणनामा सहि विवरण उपलब्ध गराएर सहयोग गर्न प्रधानमन्त्रीको अपिल

वि.सं.२०७८ कात्तिक २५ बिहीवार

909 

shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य रहेको राष्ट्रिय जनगणना २०७८ को सूचना संकलन गर्ने कार्यमा सहयोग पुर्याउन अनुरोध गरेका छन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि सुरु हुने राष्ट्रिय जनगणना २०७८ देश विकासका लागि उपयुक्त नीति निर्माण गर्न आवश्यक सूचनाको आधार स्तम्भको रुपमा रहेको बताउँदै सही विवरण उपलव्ध गराएर राष्ट्रको नीति निर्माणका लागि अपरिहार्य सूचना संकलन गर्ने कार्यमा सहयोग गर्न सबैमा अनुरोध गरेका हुन् ।

हरेक १०–१० वर्षमा गरिने जनगणना आजदेखि सुरु हुँदैछ। राष्ट्रपतिको पारिवारिक विवरण संकलन गरि जनगणना प्रारम्भ गर्ने तयारी तथ्यांक विभागले गरेको छ ।

विभागले देशभरी रहेका घरपरिवारको सूचिकरण यसअघी नै गरिसकेको छ । अब ४० हजार गणक र साढे ८ हजार सुपरिवेक्षक घरमै पुगेर विस्तृत विवरण संकलन गर्नेछन् ।

काठमाडौं जिल्लामा डिजिटल र अन्य जिल्लामा कागजको माध्यमबाट जनगणना गरिने छ । नयाँ नक्सामा समेटिएको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा रहेका नेपालीको संख्या अनुमानका आधारमा संकलन गर्ने तथ्यांक विभागले तयारी गरेको छ ।

जनगणना आज कार्तिक २५ गतेदेखि शुरु भई मंशिर ९ गते सक्ने विभागले जनाएको छ ।

वि.सं.२०७८ कात्तिक २५ बिहीवार ०८:२९ मा प्रकाशित

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड

काठमाडौँ । विश्व फुटबलको सर्वोच्च निकाय अन्तरराष्ट्रिय फुटबल महासङ्घ (फिफा)ले...

सर्पले डसेकी महिलाको मृत्यु

सर्पले डसेकी महिलाको मृत्यु

कर्णाली । चौकुने गाउँपालिका–१० सुर्खेतस्थित चालिखे निवासी एक महिलालाई सर्पले...

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

राष्ट्रियसभाः ग्यासको सकस समाधान गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रियसभाका सदस्यहरूले खाना पकाउने एलपी ग्यास बिक्री वितरणमा...

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

सरकारी कार्यालयमा दिइने निवेदनको ढाँचामा एकरूपता ल्याइने, मागर्दशन जारी

काठमाडौँ । सरकारले सरकारी कार्यालयबाट प्रदान हुने सार्वजनिक सेवाका लागि...

राष्ट्रियसभा बैठक सुरु

राष्ट्रियसभा बैठक सुरु

काठमाडौँ । राष्ट्रियसभाको बैठक सुुरु भएको छ । सभाको आजको...

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

नेपालमा मोन्ट्रा इलेक्ट्रिकको प्रवेश, ८ लाख ६४ हजार ९०० रुपैयाँमा ‘सुपर अटो’ सार्वजनिक

काठमाडौं । भारतीय इलेक्ट्रिक कमर्सियल भेहिकल ब्रान्ड मोन्ट्रा इलेक्ट्रिकले आफ्नो...