काठमाडौं । पार्टीको आगामी महाधिवेशन र विकसित घट्नाक्रमको विषयलाई लिएर नेपाली कांग्रेश केन्द्रिय समितिको बैठक आज दिउसो १ बजे पार्टी केन्द्रिय कार्यालयमा बस्ने भएको छ ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुलाई उपस्थित हुनेछन् । बैठकले महाधिवेशन कार्यतालिका संशोधनलगायत बैठक नभएको अवधिमा भएका काम कारवाही अनुमोदन गर्ने प्रस्तावहरुमाथि छलफल गरेर टुंगो लगाउने जनाइएको छ ।
वि.सं.२०७८ कात्तिक २८ आइतवार ०७:५४ मा प्रकाशित






























