back
CTIZAN AD

बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु,६ जना घाईते

वि.सं.२०७८ मंसिर २ बिहीवार

672 

shares

राजविराज । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको कञ्चनपुरमा आज साँझ बसले हायसलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा हायसमा सवार काठमाडौँ बस्ने ३८ वर्षीय ग्रीसमान सिंह र विराटनगर बस्ने ४१ वर्षीय चूडाबहादुर बस्नेत रहेको प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिनुभयो । सिंहको घटनास्थलमा नै मृत्यु भएको छ भने बस्नेतको विराटनगरस्थित गोल्डेन अस्पतालमा लगिँदै गर्दा अस्पताल नजिक ज्यान गएको प्रहरीले जनाएको छ ।

सो दुर्घटनामा गम्भीर दुई जनासहित ६ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको विराटनगरस्थित गोल्डेन अस्पताल र बाँकीको कञ्चनरुप नगरपालिकास्थित धर्मेश्वर अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

काठमाडौँबाट पूर्वतर्फ जाँदै गरेको बा४ख ५०७९ नम्बरको हायसलाई पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना५ख ४६९२ नम्बरको बसले ठक्कर दिएको थियो । दुवै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाइएको छ । रासस

वि.सं.२०७८ मंसिर २ बिहीवार १९:१० मा प्रकाशित

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

जय नेपाल इन्टरनेसनल फाउन्डेसनद्वारा ४२ दलित विद्यार्थीलाई स्टेशनरी तथा खेलकुद सामग्री सहयोग

बैतडी । बैतडीको पाटन नगरपालिका–४, जेउडेस्थित मसानि दलित आधारभूत विद्यालयका...

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

करदाता प्रोत्साहन उपहारः दश लाखको ‘बम्पर’ पुरस्कार घोषणा

काठमाडौँ । करदाता प्रोत्साहन उपहारअन्तर्गत विजेताहरु घोषणा गरिएको छ ।...

मृत अवस्थामा केसी

मृत अवस्थामा केसी

दाङ । स्थानीय राजेन्द्र केसी मोटरसाइकलसहित मृत अवस्थामा फेला परेका...

राष्ट्रियसभा बैठक साउन २७ गते

राष्ट्रियसभा बैठक साउन २७ गते

काठमाडौँ । राष्ट्रियसभाको आजका लागि निर्धारित बैठक स्थगन भएको छ...

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

मधेस प्रदेशमा ट्रान्सफर्मर चोरीका घटना बढे

जनकपुरधाम । मधेस प्रदेशका विभिन्न जिल्लामा ट्रान्सफर्मर चोरीका घटना बढ्दै...

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

केन्द्रीय बैंक ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने...