काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले कानुन व्यवसायीहरुको आन्दोनमा बल प्रयोग नर्गन आग्रह गरेको छ ।
बिहीवार नेपाल बार एसोसियशनको नेतृत्वमा आयोजित कानुन व्यवसायीको आन्दोलनमा प्रहरीले बल प्रयोग गर्दा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित केही कानुन व्यवसायी घाईते भएपछि मानब अधिकार आयोगले एक विज्ञप्ति जारी गर्दैै यस्तो आग्रह गरेको हो ।
आयोगले बारको नेतृत्वमा भइरहेको कानुन व्यवसायीहरुको आन्दोलनको मानब अधिकारको दृष्टिकोणबाट निरन्तर अनुगमन गरिरहेको बताउँदै शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट अनाबश्यक बल प्रयोग गरी घाईते बनाइनु राष्ट्रिय तथा अन्तराष्ट्रिय कानुन विपरीतको कार्य भएको ठहर गरेको छ ।
‘शान्तिपूर्ण आन्दोलनमा रहेका कानुन व्यवसायीहरुमाथि अनावस्यक बल प्रयोग नगर्न, घाईतेहरुको निःशुल्क उपचार गर्न तथा घटनाको छानविन गरी दोषि देखिएकालाई कारबाहीको दायरामा ल्याउन आयोग नेपाल सरकारसँग आग्रह गर्दछ ।’ आयोगका प्रवक्ता डा. टिकाराम पोखरेलद्धारा बिहीवार जारी विज्ञप्तिमा भनिएको छ ।
आयोगबाट खटिएको टोलीले माईतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पतालमै पुगेर घाईतेहरुको बारेमा जानकारी लिएको पनि जनाएको छ । प्रहरीको लाठी प्रहारबाट बारका केन्द्रीय सदस्य प्रकाश मर्हजनको देब्रेकोखा र छातीमा चोट लागेको र खुट्टामा इन्जुरी देखिएको चिकित्सकले जनाएको आयोगद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधान न्यायाधिश चोलेन्द्र शमसेर जवराको राजीनामाको माग गर्दै सर्वोच्च परिसरमा धर्ना दिएका कानुन व्यवसायीमाथि विहीवार बिहान प्रहरीले बल प्रयोग गरेको थियो । उक्त घटनामा बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठसहित अधिवक्ताहरु प्रकाश महर्जन, गोपाल सापकोटा, रमण कर्ण र कपिल चन्द्र पोखरेल घाईते भएका थिए ।

यो पनि…….
प्रधान्यायाधीशको विषयले गठबन्धनमा विभाजन, देउवाको मौनताप्रति नेताहरु असन्तुष्ट
कानुन व्यवसायीमाथि भएकाे आक्रमणको घटनालाई अन्तराष्ट्रियकरण गर्ने बारको चेतावनी
सर्वोच्चको फुलकोर्टबाट गोला प्रथासम्बन्धी व्यवस्था पास, विद्रोही न्यायाधीश पनि फर्किने
बारको आन्दोलन बिथोल्न भिजिलान्ते प्रयोग, कानून व्यवसायीमाथि जाइलाग्ने केही पक्राउ
वि.सं.२०७८ मंसिर २ बिहीवार १९:३१ मा प्रकाशित






























