back
CTIZAN AD

क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारतले कडा कानुन ल्याउने

वि.सं.२०७८ मंसिर २ बिहीवार

684 

shares

सिड्नी ।  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले क्रिप्टोकरेन्सीले युवा पुस्तालाई नराम्रोसँग जोखिममा पार्न लागेको बताएका छन् ।

साइबर सुरक्षा सम्बन्धी अनलाइन सम्बोधनका क्रममा प्रधानमन्त्री मोदीले क्रिप्टोकरेन्सीलाई नियमन गर्न भारत सरकारले चाँडै कडा कानुन ल्याउन लागेको बताएका छन् ।
भारतमा पछिल्लो समय भर्चुअल मुद्राका रुपमा बिट्क्वाइन निकै लोकप्रिय हुन थालेको छ । भारतका राज्यहरु एवं केन्द्रीय बैंकको रेखदेख र नियन्त्रण भन्दा बाहिर गएर बिट्क्वाइनको कारोबार भइरहेकाले यसलाई नियन्त्रण गर्नुपर्ने खाँचो देखिएको मोदीको भनाई छ ।

अस्ट्रेलियाली रणनीतिक नीति इन्स्टिच्यूटले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री मोदीले सम्बोधन गर्दै सबै लोकतान्त्रिक मुलुकहरुले सहकार्य गरी क्रिप्टोकरेन्सीलाई नियन्त्रण गर्नुपर्ने बताए । उनले खराब व्यक्तिको हातमा क्रिप्टोकरेन्सी पर्न नदिन र युवाको जीवन बर्बाद बनाउनबाट रोक्न पनि सरकारहरुले तत्कालै काम गर्नुपर्ने बताए ।

लागूपदार्थको तस्करी, मानव तस्करी र सम्पत्तिको गैरकानुनी ओसारपसार गर्न क्रिप्टोकरेन्सीको प्रयोग हुने खतरा बढेको यस क्षेत्रका विज्ञहरुको भनाई छ ।

विश्वका धेरै मुलुकमा क्रिप्टोकरेन्सीमाथि प्रतिबन्ध लगाइएको छ । भारतले सन् २०१८ मै क्रिप्टोको कारोबारमाथि प्रतिबन्ध लगाएको थियो । तर दुई वर्षपछि भारतकै माथिल्लो अदालतले प्रतिबन्ध फुकुवा गरिदिएको थियो । अदालतको आदेश लगत्तै क्रिप्टोको कारोबार भारतमा मौलाएको र यसमा ठूलो संख्यामा भारतीय युवा संलग्न रहेको अध्ययनहरुले देखाएका छन् ।

ब्रोकरचुजरले गरेको अध्ययनले भारतमा १० करोड भन्दा बढी व्यक्ति भर्चुअल मुद्राको कारोबारमा संलग्न रहेको देखाएको छन् । संयुक्तराज्य अमेरिका, रसिया र नाइजेरिया पछि भारतीयहरु यसमा बढी आबद्ध भएका छन् ।

क्रिप्टोको कारोबारमाथि फेरि प्रतिबन्ध लगाउन अहिले भारत सरकारमाथि चर्को दबाब बढेको छ । त्यही कारण भारत सरकारले यसै वर्षको अन्त्यतिर नयाँ कडा कानुन ल्याउने र संसदबाट पारित गर्ने तयारीमा जुटेको छ ।

भारतको केन्द्रीय बैंकका प्रमुख शक्तिकान्त दास पनि क्रिप्टोको कारोबारलाई कडा नियमन गर्नुपर्नेमा सहमत छन् । गत साता उनले नियमन नगर्ने हो भने क्रिप्टो मुद्राले देशको वित्तीय प्रणालीमाथि खतरा निम्त्याउने चेतावनी दिएका थिए । बैंकले आफ्नै आधिकारिक डिजिटल मुद्रा प्रचलनमा ल्याउने योजना बनाइरहेको बताएको छ ।एएफपी

वि.सं.२०७८ मंसिर २ बिहीवार २०:०६ मा प्रकाशित

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

आज पनि बढ्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको...

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा  ग्रान्ड अडिसन सम्पन्न

काठमाडौं । दिपल प्रस्तुत मिस युनिभर्स नेपाल २०२६ को काठमाडौंमा...

प्रतिनिधिसभाको बैठक बस्दै

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न...

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

अमेरिकाको भिषाका लागि अन्तर्वार्तामा सत्य बोल्न दूतावासको आग्रह

काठमाडौं । अमेरिकी भिसा आवेदन तथा अन्तर्वार्ताका क्रममा सोधिएका प्रश्नको...

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

चार महिना पछि काममा फर्के सन नेपाल लाइफका सिइओ अर्याल

काठमाडौँ । सन नेपाल लाइफका सिइओ राज कुमार अर्याल आजबाट...

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

करदाता प्रोत्साहन उपहार कार्यक्रममा माछापुच्छ्रे बैंक, बिल तिर्दा १० लाखसम्म पुरस्कार

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले नेपाल सरकार, अर्थ मन्त्रालय र...