back
CTIZAN AD

कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शर्मा विजयी, यी हुन् निर्वाचित हुने अन्य पदाधिकारी

वि.सं.२०७८ मंसिर १९ आइतवार

807 

shares

काठमाडौं । नेपाली कांग्रेसको गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् ।

शनिवार सम्पन्न कांग्रेसको प्रदेश अधिबेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा खसेको कूल १ हजार १४६ मतमा शर्माले ६१२ मत ल्याएर प्रदेश सभापतिमा निर्वाचित भएका हुन् ।

शर्माले अर्का प्रतिश्प्रर्धी पर्वतका अर्जुन जोशीले भन्दा ७४ मत बढी ल्याएर सभापतिमा विजयी भएका हनु । जोशीले ५३८ मत ल्याएर पराजित भएका थिए ।

गण्डकी प्रदेशको सभापतिमा निर्वाचित शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् भने जोशि संस्थापन पक्ष शेरबहादुर देउवा समुहका मानिन्छन् ।

त्यसैगरी पौडेल पक्षकी कल्पना तिवारीले ६२४ मत र देउवा पक्षका मेखलाल श्रेष्ठ ५५६ मत सहित प्रदेश उपसभापतिमा विजयी भएका छन् । उपसभापतिमा निर्वाचित तिवारी वालिङ नगरपालिकाकी उपमेयर हुन् भने श्रेष्ठ गण्डकी प्रदेशको सामाजिक विकासमन्त्री हुन् ।

यसैगरी महामन्त्रीमा किरणबाबु श्रेष्ठ ५७३ र विष्णु प्रसाद लामिछानले ५६७ मत प्राप्त गरेर विजय भएका छन् । उनीहरु दुवैजना पौडेल पक्षका मानिन्छन् । साथै सहमहामन्त्रीमा पनि पौडेल पक्षकै कोपिला रानाभाटले ५५२ मत ल्याएर विजयी भएकी छन् ।

त्यस्तै खुला सहमहामन्त्रीमा रमेश कुमार पाण्डे ६१८ मत र रामचन्द्र जोशीले ५६९ मत ल्याएर विजयी भएका छन् । उनीहरु पनि पौडेल पक्षकै मानिन्छन् ।

 

वि.सं.२०७८ मंसिर १९ आइतवार ०८:४४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...