काठमाडौं । नेपाली कांग्रेसको कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही विजयी भएका छन् ।
शनिवार सम्पन्न कांग्रेसको कर्णाली प्रदेशको निर्वाचनमा कांग्रेस सभापति शेर बहादुर देउवा समूहका शाहीले ४२२ मत ल्याएर सभापतिमा विजयी भएका हुन् ।
त्यसैगरी उनका प्रतिश्पर्धी भुपेन्द्रजंग शाहीले ३१७ मत ल्याएर पराजित भएका छन् । सभापतिका लागि भएको त्रिपक्षीय प्रतिश्पर्धामा सभापतिका अर्का प्रत्याशी मोतीराज बम ७ मत मात्र ल्याएका थिए । बम कांग्रेस उपसभापति विमेलेन्द्र निकट मानिन्छन् ।
त्यसैगरी उपसभापतिमा पनि देउवा पक्षकै उम्मेदवार कालीबहादुर सहकारी र सनतकुमारी कार्की विजयी विजयी भएका छन् भने महामन्त्रीमा निरञ्जन केसी र कृष्णकुमार रोकाया तथा सहमहामन्त्रीमा उपेन्द्रबहादुर थापा, एकराज डाँगी र रामछाँया कुमारी शाही निर्वाचित भएको बताइएको छ ।
नेपाली कांग्रेसका १४ औं महाधिबेशन अन्तर्गत प्रदेश सभापतिका लागि शनिवार सातवटा प्रदेशमध्ये ६ वटामा निर्वाचन भइसकेको र ६ वटै प्रदेशको मत परिणामको नतिजा आइतवार आउने बताइएको छ । हालसम्मको मत परिणामको नतिजा अनुसार गण्डकी प्रदेशमा वरिष्ठ नेता पौडेल समुहका शुक्रराज शर्मा र कर्णाली प्रदेशमा सभापति शेरबहादुर देउवा समुहका ललितजंग शाही सभापतिमा विजयी भइसकेका छन् ।
सुदूरपश्चिम प्रदेशमा पनि देउवा समुहका बीर बहादुर बलायरले अग्रता लिएको समाचार प्राप्त भएको छ भने बागमती प्रदेशमा भएको त्रिपक्षीय प्रतिश्पर्धामा कसैले पनि ५० प्रतिशतम मत कटाउन नसकेपनि आज पुन? मतदान हुने भएको छ ।
बागमती प्रदेशको सभापतिमा देउवा सम्रहका इन्द्र बाँनियाँ, वरिष्ठ नेता पौडेल समूहका जगदिश्वर नरसिंह केसी र कृष्ण सिटौला पक्षका भीमसेन दास प्रधानले प्रदेश सभापतिमा सभापतिमा उम्मेदवारी दिएका थिए ।
वि.सं.२०७८ मंसिर १९ आइतवार ०९:३१ मा प्रकाशित






























