काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को मंसिर १५ गतेदेखि सुरु भएको एकता महाधिबेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ ।
राप्रपाको नयाँ नेतृत्वका लागि शनिवार भएको निर्वाचनमा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । उनले अध्यक्षका अर्का प्रत्याशी कमल थापालाई पराजित गरेका छन् ।
भृकुटीमण्डपमा अयोजित राप्रपाको एकता महाधिबेशनको अन्तिम दिन शनिवार भएको निर्वाचनमा पार्टीको चार उपाध्यक्षमा खुलातर्फबाट विक्रम पाण्डे, बुद्धिमान तामाङ, ध्रुव बहादुर प्रधान र महिलातर्फ रोशन कार्की विजयी भएकी छन् ।
महामन्त्रीमा खुलातर्फबाट डा. धवल सम्शेर राणा र भुवन कुमार पाठक निर्वाचित भएका छन् भने महिलातर्फबाट कुन्ती शाही निर्वाचित भएकी छन् ।
त्यसैगरी महिलातर्फको महामन्त्रीमा २००८ मत ल्याएर कुन्ती शाही विजयी भएकी छन् । अर्का प्रतिश्प्रर्धी रेखा थापाले १६४० मत ल्याएर पछि परेकी छन् ।
त्यस्तै आदिवासी जनजातिको खुलातर्फ १४ जना विजयी भएका छन् ।
त्यस्तै मधेशी खुलातर्फबाट ११ जना निर्वाचित भएका छन् भने मुस्लिम खुल्लातर्फबाट केन्द्रीय सदस्यमा मदिना खातुन, ताहिर अलि, अन्जरा आलम निर्वाचित भएका छन् ।
राप्रपाको अध्यक्ष, पदाधिकारी र केन्द्रीय सदस्य गरी १४९ पदाधिकारीका लागि भएको निर्वाचनमा केन्द्रीय सदस्यमा महिलातर्फबाट ५७ जना निर्वाचित भएका छन् भने महिला खुलातर्फबाट ४७ जना निर्वाचित भएका छन् । त्यस्तै प्रवाश खुल्लातर्फबाट लेकनाथ तिवारी र शसि कुमार सिल्वाल विजयी भएका छन् ।
यस्तो छ अन्तिम मत परिणाम







वि.सं.२०७८ मंसिर १९ आइतवार ०९:५३ मा प्रकाशित






























