Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि लैनचौर तेक्वान्दो डोजाङलाई



१९ मंसिर, काठमाडौँ । लैनचौर तेक्वान्दो डोजाङले गोकर्णेश्वर नगर जिल्लाव्यापी तेक्वान्दो प्रतियोगिताको उपाधि शनिबार जितेको छ । ६ स्वर्ण, ५ रजत र ५ कास्यसाथ लैनचौर समग्रमा टिम च्याम्पियन बन्यो ।

गोकर्णेश्वर नगर तेक्वान्दो कमिटीको आयोजना तथा गोकर्णेश्वर नगरपालिकाको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा अल्टिमेट दोश्रो भयो । अल्टिमेटले समान ४–४ स्वर्ण र रजत हात पा¥यो । तेश्रो स्थानको मुलपानी तेक्वान्दो डोजाङले ३ स्वर्ण, २ रजत र ३ कास्य प्राप्त ग¥यो । शीर्ष तीन स्थान हात पार्ने टिमले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद पुरस्कार हात पारे ।

जोरपाटीस्थित इस्टपोल स्कुलमा भएको प्रतियोगिताको पुरुषमा लैनचौरका सुशान्त भुजेल तथा महिलामा मैजुकुमारी तेक्वान्दो डोजाङकी शीतला बोहरा उत्कृष्ट खेलाडी घोषित भए ।

विजेतालाई संघीय सांसद कृष्ण राई, नेपाल तेक्वान्दो संघका सदस्य राम गिरी, काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष अशोक खड्का, प्रतियोगिता संयोजक एवं आयोजक कमिटीका अध्यक्ष सोवितमान गिरीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । दुईदिने प्रतियोगितामा विभिन्न २० स्पर्धामा २ सय ५० खेलाडी सहभागी थिए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी