Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण र हुमी च्याम्पियन



१९ मंसिर, रसुवा । पहिलो संस्करणको हाइ अल्टिच्युड रसुवा माउन्टेन बाईक च्यालेन्जको उपाधि लक्ष्मण मल्ल र हुमी बुढा मगरले जितेका छन् ।
शनिबार रसुवाको कालिकास्थानमा भएको ३१ किलोमिटरको दौड मल्लले १ घण्टा २९ मिनेट १९ सेकेन्डमा पार गर्दै विजेता बने । पुरुष स्पर्धामा सुरज राना मगर दोस्रो र प्रकाश थापा मगर तेस्रो बनेका छन् । सुरजले १ घण्टा २९ मिनेट ४२ सेकेन्ड र प्रकाशले १ घण्टा २९ मिनेट ५७ सेकेन्डमा निर्धारित दुरी पार गरे ।

सोही स्पर्धा हिक्मत बिके चौथो, अच्युत कृष्ण खरेल पाँचौ, प्रचित थापा मगर छैटौं, किरण राई सातौं, मानबहादुर तामाङ आठौं, बिनोद सापकोटा नवौं र मिलन श्रेष्ठ दशौं भए ।

महिलातर्फ विजेता बनेकी हुमीले १३ औं साग खेलकुदकी स्वर्ण पदक विजेता लक्ष्मी मगरलाई २ सेकेन्डले पछि पारिन् । हुमीले निर्धारित दुरी १ घण्टा ५३ मिनेट १३ सेकेन्डमा पार गरिन् । दोस्रो बनेकी लक्ष्मीले १ घण्टा ५३ मिनेट १५ सेकेन्डमा पुरा गरिन् । तेस्रो बनेकी इन्द्रकला नेम्वाङ्गले २ घण्टा २ मिनेट ४८ सेकेन्डमा निर्धारित दुरी पुरा गरिन् । सोही स्पर्धामा उषा खनाल चौथों, इन्द्रकुमारी तामाङ पाँचौं, बिदिशा चौधरी छैटौं र सकुन्तला बुढा मगर सातौं भईन् ।

पुरुष तथा महिला स्पर्धामा च्याम्पियन बनेका खेलाडीले ४० हजार रुपैयाँ नगद प्राप्त गरेका छन् । दोस्रोले २० हजार, तेस्रोले १५ हजार, चौथोले ७ हजार, पाँचौंले ६ हजार, छैटौंले ५ हजार, सातौंले ४ हजार, आठौंले ३ हजार, नवौंले २ हजार र दशौं स्थान हात पार्ने खेलाडीले १ हजार रुपैयाँ नगद प्राप्त गरे ।

प्रतियोगिताको मास्टर्स विधामा हर्क लामा विजेता बने । उनले निर्धारित दुरी १ घण्टा ४५ मिनेट २४ सेकेन्डमा पार गरे । दोस्रो बनेका नयन मानन्धरले १ घण्टा ४९ मिनेट ५६ सेकेन्डमा दुरी पुरा गरे । पेम्बा शेर्पाले २ घण्टा ५ मिनेट १८ सेकेन्डमा दुरी पार गर्दै तेस्रो बने ।

जुनियर स्पर्धाको विजेता किरण लिम्बु बने । उनले १ घण्टा ३८ मिनेट ३८ सेकेन्डमा दुरी पार गरे । आशिष तामाङ १ घण्टा ४६ मिनेट २१ सेकेन्डमा दुरी पार गर्दै दोस्रो बने । तेस्रो बनेका राहुल वाइबाले १ घण्टा ५० मिनेट ०२ सेकेन्डमा दुरी पार गरेका थिए ।

मास्टर्स र जुनियर विधाका विजेताले मेडल सहित १५ हजार, दोस्रोले १० हजार र तेस्रोले ७ हजार रुपैयाँ प्राप्त गरे ।

१६ सय मिटर उचाईको कालिकास्थानबाट सुरु भएको दौड घुम्तिबजार, लामाटोल, गुम्बाडाडाँ, स्याउबारी हुँदै २३ सय मिटर उचाईको लोकिल पुगेर आलुखर्क, गोर्मु, सस्र्युङ, किमाजोङ, खाल्चेट, जिवजिबे हुँदै कालिकास्थानमै आएर टुङ्गिएको थियो ।

प्रतियोगितालाई प्रदेश खेलकुद परिषद् बागमती प्रदेश र नेपाल साइक्लिङ संघले संयुक्त रुपमा आयोजना गरेका हुन् । प्रतियोगितामा जिल्ला साइक्लिङ संघ रसुवा र जिल्ला खेलकुद विकास समिति रसुवाले समन्वयको भुमिका निर्वाह गरेका थिए ।

बागमती प्रदेशलाई खेलकुदमार्फत पर्यटनसँग जोड्ने उद्धेश्यले प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले हाई अल्टिच्युड प्रतियोगिता सञ्चालन गर्दै आएको छ । यसअघि प्रदेश खेलकुद परिषद् बागमती प्रदेशले दोलखामा राष्ट्रिय रिङ रेस्लिङ र सिन्धुपाल्चोकमा पाँचपोखरी अल्ट्रा ट्रेल हाफ म्याराथन प्रतियोगिता संयुक्त रुपमा आयोजना गरेको थियो ।

पूर्व खेलकुद मन्त्री हितबहादुर तामाङले विजेता खेलाडीलाई मेडल र नगद सहित पुरस्कृत गरेका थिए । जिल्ला खेलकुद विकास समिति रसुवाका अध्यक्ष दावा तामाङले अर्को वर्ष जिल्लामा साइक्लिङको अन्तराष्ट्रिय प्रतियोगिता आयोजना गरिने जानकारी दिए ।

प्रदेश खेलकुद परिषद् बागमती प्रदेशका सदस्य सचिव सुर्यलाल भण्डारीले खेलकुदसँगै प्रदेशको पर्यटनलाई प्रबद्र्धन गर्न हाई अल्टिच्युड प्रतियोगितालाई निरन्तरता दिईने बताए । उनले भने, ‘हामीसँग भएको भौगोलिक विविधता र पर्यटनलाई खेलकुदसँग जोडेर देशको समृद्धिमा योगदान गर्ने योजना अनुसार शाहसीक तथा पर्यटकीय खेलकुदलाई प्रदेश सरकारले बिशेष जोड दिएको छ ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी