back
CTIZAN AD

कांग्रेस महाधिवेशनमा १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न

वि.सं.२०७८ मंसिर १९ आइतवार

705 

shares

काठमाडौँ । नेपाली कांग्रेसको १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको छ । पार्टीको १४औँ महाधिवेशनका लागि देशभरका १६५ निर्वाचन क्षेत्रमध्ये १६० निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको हो ।

कांग्रेस केन्द्रीय निर्वाचन समितिका संयोजक एवं वरिष्ठ अधिवक्ता गोपालकृष्ण घिमिरेले सर्लाहीका चार र सप्तरी एक निर्वाचन क्षेत्रबाहेक सम्पूर्ण निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न भएको जानकारी दिए । “सर्लाहीको चार निर्वाचन क्षेत्रको अधिवेशन सम्पन्न गर्नका लागि नयाँ निर्वाचन अधिकृत खटाइसकेका छौँ, सप्तरी निर्वाचन क्षेत्र नं ४ मा आज निर्वाचन हुँदैछ”, उनले भने । महोत्तरी क्षेत्र नं ४ को अधिवेशन सम्पन्न भइसकेको तर निर्वाचनको नतिजाका क्रममा केही विवाद रहेकाले त्यहाँको निर्णय गर्न बाँकी रहेको उनको भनाइ थियो ।

कांग्रेस महाधिवेशनका लागि ६३ जिल्लाको जिल्ला अधिवेशन सम्पन्न भइसकेको छ । यस्तै सात प्रदेशमध्ये छ प्रदेशको अधिवेशन सुरु भइसकेको र केही प्रदेशको नतिजासमेत आइसकेको उनले बताए । प्रदेश नं २ बाहेक सबै प्रदेशको अधिवेशन प्रारम्भ भइसकेको छ ।

गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशको पदाधिकारीको नतिजा आइसकेको छ भने प्रदेश नं १ र लुम्बिनी प्रदेशको मतगणना भइरहेको र बागमती प्रदेशको सभापति पदमा कुनै पनि उम्मेद्वारले ५० प्रतिशत नकटाएकाले पुनः मतदान हुने निर्वाचन संयोजक घिमिरेले बताए । कांग्रेसको केन्द्रीय महाधिवेशन आगामी मङ्सिर २४ गतेदेखि काठमाडौँमा हुँदैछ ।
रासस

वि.सं.२०७८ मंसिर १९ आइतवार ११:३८ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...