काठमाडौं । पार्टी अध्यक्षको लागि भएको प्रतिस्पर्धामा भएको हारलाई राष्ट्रिय प्रजातन्त्र पार्टीका निर्वतमान अध्यक्ष कमल थापाले निर्मल निवाससँग जोडेर हेरेका छन् । उनले आफुँलाई निर्मल निवासले हराएको कुरा सार्वजनिक रुपमै पनि बताउन थालेका छन् । अध्यक्षको प्रतिस्पर्धामा हारेलगत्तै सामाजिक सञ्जाल ट्विटरमार्फत थापाले ‘पार्टीको आन्तरिक प्रतिस्पर्धामा निर्मल निवासको नाङ्गो हस्तक्षेपको भत्सर्ना गर्दछु’ भन्ने अभिव्यक्ति दिएका थिए ।
थापाले राजसंस्थाको निम्ति आफुँले चलाएको आन्दोलनको पुरस्कार पाएको टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘सिंगो मुलुक गणतन्त्रमय भएको बेला शिरमा कफन बाँधेर २०६३ सालदेखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो, सो एजेण्डाले मुल संवाहकलाई राजनीतिक रुपमा समाप्त पार्न गरिएकाे चेष्टाले राजाको भलो होस्, हार्दिक शुभकामना !’
थापा निकट एक नेताले बताएअनुसार थापालाई हराउन राजाले राप्रपाका नेताहरूलाई उर्दी नै जारी गरेको तथ्य भेटिएकाे छ । शाहले राप्रपाका नेताहरुलाई बोलाउँदै निर्देशनतात्मक शैलीमा थापाको विपक्षमा मतदान गर्न भनेका थिए ।
थापाले निर्वाचनमा भएको हारलगत्तै समिक्षा गर्न दरबारमार्गस्थित याक एण्ड यति होटलमा आफ्नाे समूहको बेग्लै बैठक पनि राखेका थिए । आइतबार बिहान भएको बैठकमा सबैको निष्कर्ष पूर्वराजा ज्ञानेन्द्र शाहबाट धोका भएको भन्ने छ ।
थापा निकट एक नेताले बताएअनुसार थापालाई हराउन राजाले राप्रपाका नेताहरूलाई उर्दी नै जारी गरेको तथ्य भेटिएकाे छ । शाहले राप्रपाका नेताहरुलाई बोलाउँदै निर्देशनतात्मक शैलीमा थापाको विपक्षमा मतदान गर्न भनेका थिए ।
शाहलाई सहयोग नगर्ने निष्कर्ष
याक एण्ड यति होटलकाे समिक्षात्मक बैठकमा थापालाई हराउन निर्मल निवास नै लागेको निष्कर्ष निकाल्दै थापा समूहले आगामी समय ज्ञानेन्द्र शाहको पक्षमा एजेण्डा नबोक्ने पनि निर्णय गरेको छ । थापा निकट ति नेताले बताएअनुसार संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरेपनि शाहको पक्षमा भने नखुल्ने निर्णय गरिएको छ ।
थापा समूहले नतिजालाई अप्रत्यासित भएको निष्कर्ष पनि निकालेको छ । पदाधिकारीमा अधिकांश नेताहरुले जित्नु तर, अध्यक्षमा मात्रै हार्नु नमिल्दो नतिजा भएको थापा समूहको निष्कर्ष छ ।
याक एण्ड यति होटलकाे समिक्षात्मक बैठकमा थापालाई हराउन निर्मल निवास नै लागेको निष्कर्ष निकाल्दै थापा समूहले आगामी समय ज्ञानेन्द्र शाहको पक्षमा एजेण्डा नबोक्ने पनि निर्णय गरेको छ । थापा निकट ति नेताले बताएअनुसार संवैधानिक राजतन्त्रको पक्षमा वकालत गरेपनि शाहको पक्षमा भने नखुल्ने निर्णय गरिएको छ ।
साझा उम्मेदवार विक्रम पाण्डेसहित ८ सदस्यीय पदाधिकारीमा थापा प्यानलका अधिकांश नेताहरु विजयी भएका छन् । थापा प्यानलकै नेताहरुले अत्याधिक मतसहित जित हात पारेका छन् ।
लिङ्देनको टिप्पणी – राजाको हस्तक्षेप हुनु स्वभाविक
राप्रपा अध्यक्षमा जित हात पारेका राजेन्द्र लिङ्देनले राप्रपा महाधिवेशनमा निर्मल निवासको हस्तक्षेप सामान्य भएको टिप्पणी गरेका छन् । ‘राजावादी पार्टीमा राजाको हस्तक्षेप नभए अरुको कसकाे हुन्छ ?’ भन्ने प्रश्न लिङ्देनको छ ।
‘राजावादी पार्टीमा राजाको सकारात्मक हस्तक्षेप नभएर खड्ग ओलिको हस्तक्षेप मान्य हुन्छ त कमल थापा जी ?’ लिङ्देनले प्रश्न गरेका छन् ।
थापाप्रति सन्तुष्ट थिएन निर्मल निवास
पञ्चायतकालदेखि नै कहिले दरबार त कहिले दलसँग मिलेर फाइदा लिँदै आएका कमल थापाप्रति निर्मल निवास सन्तुष्ट देखिन्न । राजसंस्थाको पक्षमा वकालत गर्ने तर, गणतन्त्रवादीसँग राजनीतिक लाभका लागि साँठगाँठ गर्ने गरेको आरोप निर्मल निवास पक्षधरकाे छ ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको कुरा गर्ने तर, माओवादी, एमालेसँग सहकार्य गरेसँगै थापालाई जनस्तरमा पत्याउने अवस्था बनेको देखिन्न । पछिल्लो चुनावी नतिजामा नराम्रो पराजय पनि यही शैलीलाई आधार मानिएको छ ।
राजसंस्थाको वकालत गर्ने थापा गणतन्त्र प्राप्तिपछिका तीन वटा सरकारमा सहभागी भएका थिए । जुन उनको विचार विपरित छन् ।
हिन्दु राष्ट्र र संवैधानिक राजसंस्थाको कुरा गर्ने तर, माओवादी, एमालेसँग सहकार्य गरेसँगै थापालाई जनस्तरमा पत्याउने अवस्था बनेको देखिन्न । पछिल्लो चुनावी नतिजामा नराम्रो पराजय पनि यही शैलीलाई आधार मानिएको छ ।
निर्मल निवासले हिमानी ट्रष्टलाई अगाडि बढाउनु तर, राप्रपालाई वेवास्ता गर्नुले पनि थापालाई क्रमशः विश्वास नगरेको देखिन्छ । राप्रपामा भएको नेतृत्व परिवर्तनमा पनि निर्मल निवासले नयाँ अनुहारको खोजी गरेको धेरै बुझाइ छ ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १३:०३ मा प्रकाशित