back
CTIZAN AD

सडकको पहुँच नपुग्दा खच्चडको भरमा खाद्यान्न ढुवानी

वि.सं.२०७८ मंसिर १९ आइतवार

714 

shares

गलेश्वर । म्याग्दीको अत्यन्तै दुर्गम गुर्जामा सडकको पहुँच नपुग्दा अझैसम्म पनि चर्को भाडा तिरेर खच्चडको भरमा खाद्यान्न ढुवानी गर्नुपर्ने बाध्यता छ । जिल्लाका छ स्थानीय तहका ४५ वडामध्ये धवलागिरि गाउँपालिकाको वडा नं १ मा पर्ने गुर्जामा मात्रै सडकको पहुँच पुगेको छैन ।
सडक सुविधा नपुग्दा यहाँका बासिन्दा खच्चडमा बोकाएर गाउँमा खाद्यान्नलगायत सामग्री पुर्याउदा चर्को मूल्य तिर्न बाध्य छन् । दिनुहँ खाद्यान्नको मूल्य बजारमा बढिरहनु र बजारको चामल, नून, तेललगायतको दैनिक प्रयोग हुने खाद्यान्न गाउँपालिकाको केन्द्र मुनादेखि चर्को शुल्क तिरेर खच्चडको भरमा ढुवानी गर्दा गुर्जावासी दोब्बर मूल्यमा दैनिक उपभोग्य बस्तु उपभोग गर्दै आएको गुर्जाका वडाध्यक्ष झकबहादुर छन्त्यालले बताए ।
सदरमुकाम बेनीदेखि गाउँपालिका केन्द्र मुनासम्म पुग्न सवारीसाधनमा चार घण्टादेखि सात घण्टासम्म समय लाग्छ । यातायातको सहज सुविधा नपुग्दा आर्थिक अवस्था र रोजगार नभएका परिवारलाई आयातित खाद्यान्न महँगो मूल्यमा उपभोग गर्न बाध्य गुर्जाका जनता रहेको अध्यक्ष छन्त्यालले बताए ।
खाद्यान्न मात्र होइन, कमजोर आर्थिक अवस्था भएका परिवारमा कोही बिरामी भए भने स्थानीयवासीले बोकेर ल्याउनुपर्ने समस्या झनै बढी पीडादायी छ । सडक सञ्जाल नपुगेको ठाउँमा मात्र होइन, पुगेको ठाउँमा वर्षायामको समयमा खच्चडमा ढुवानी गर्न बाध्य छन् ।
रासस

वि.सं.२०७८ मंसिर १९ आइतवार १२:४० मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...