काठमाडौं । माओवादी केन्द्रले राष्ट्रिय सम्मेलनमा सहभागी हुने प्रतिनिधिहरुको छनोटको मापदण्ड तयार गरेको छ । हालै सम्पन्न स्थायी समिति बैठकले त्यस्तो मापदण्ड तयार गरेको हो ।
बैठकपछि पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जारी गरेको सर्कुलरमा प्रतिनिधि छनोटको मापदण्ड उल्लेख छ । जारी सर्कुलअनुसार प्रत्येक प्रदेशबाट ३० जनाको दरले प्रतिनिधि छनोट गरिनेछ भने बाँकी १५ सय संगठित सदस्य बराबर १ जनाको दरले चयन गरिनेछ ।
प्रदेश प्रदेशमा कम्तिमा १ जना घाइते र अपाङ्गलाई प्रतिनिधि बनाउनुपर्ने मापदण्ड बनाइएको छ ।
त्यसैगरि स्थायी समिति बैठकले केन्द्रीय कार्यालयबाट छनोट हुने प्रतिनिधिको संख्या घटाएको छ । कार्यालयले अब ५ प्रतिशत मात्रै सदस्य मनोनित गर्न पाउनेछ ।
माओवादी केन्द्रले आगामी पुस ११ देखि राष्ट्रिय सम्मेलन गर्दैछ । सम्मेलनमा २ हजार प्रतिनिधिलाई सहभागी गराउने तयारी छ ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १४:२० मा प्रकाशित






























