१९ मंसिर, काठमाडौँ । भारत र न्यूजिल्याण्ड बिचको दोस्रो टेस्टमा भारतले जितको लागि न्यूजिल्याण्डलाई ५४० रनको विशाल लक्ष्य दिएको छ ।
टस जितेर पहिले ब्याटिङ्ग गरेको भारत आफ्नो पहिलो इनिङ्गसमा ३२५ रन बनाएर अलआउट हुन पुगेको थियो । भारतका लागि मयंक अग्रवालले १५० रनको पारी खेलेका थिए भने अक्सर पटेलले ५२ रनको पारी खेलेका थिए । न्यूजिल्याण्डका लागि बलिङ्गमा एजाज पटेल एक्लै १० विकेट हात पारेका थिए ।
भारत अलआउट भएपछि आफ्नो पहिलो इनिङ्गस लिएर आएको न्यूजिल्याण्डको टिम २८.१ ओभरमा ६२ रन बनाएर अलआउट हुन पुगेको थियो । न्यूजिल्याण्डका लागि ब्याटिङ्ग टम लेथम र काइल जैमीसनले मात्र दोहोरो अकंमा रन जोड्न सफल भएका थिए । टस लेथम १० रन बनाएर आउट भएका थिए भने काइल जैमिशन १७ रन बनाएर आउट भएका थिए । भारतका लागि बलिङ्गमा रविचन्द्र अश्विनले सर्वाधिक ४ विकेट आत पारेका थिए ।
पहिलो इनिङ्गसमा २६३ रनले अग्रता लिएको भारतले दोस्रो इनिङ्गसमा २७६ रन जोड्दैँ न्यूजिल्याण्डलाई जितको लागि ५४० रनको लक्ष्य दिएको हो । दोस्रो इनिङ्गसमा भारतका लागि ब्याटिङ्गमा मयंक अग्रवालले सर्वाधिक ६२ रन बनाएका थिए भने न्यूजिल्याण्डका लागि बलिङ्गमा एजाज पटेलले सर्वाधिक ४ विकेट लिएका थिए ।
दोस्रो टेस्टमा जित हासिल गर्नको लागि न्यूजिल्याण्डले ५४० रन बनाउनु पर्ने छ ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १४:१७ मा प्रकाशित


























