काठमाडौं । नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेशको सभापतिमा संस्थापन पक्षका बीर बहादुर विजयी भएका छन् ।
शनिवार भएको निर्वाचनमा खसेको मत परिणाम अनुसार पूर्वमन्त्री समेत रहेका बलायरले ६८८ मत ल्याएर सभापतिमा विजयी भएका छन् । साथै उनका प्रतिद्धन्द्धी वरिष्ठ नेता रामचन्द्र पौडेल समूहका नारायणदत्त मिश्रले २८० मत मात्र ल्याएर पराजित भएका छन् ।
त्यस्तै प्रदेशको उपसभापतिमा जनकराज चौधरी ६१० र लोकराज अवस्थीले ५२३ मत ल्याएर विजयी भएका छन् । उपसभापतिका अर्का प्रतिश्प्रधी गोपाल सिंह गुरुङलेः २८१, .मनबहादुर रावलले २६३ र हिम बहादुर रावलले २१२ मत प्राप्त गरेर पराजित भएका छन् । विजयी भएका चौधरी र अवस्थी पनि देउवा समूहकै हुन् ।
निर्वाचन समितिका अनुसार नरनारायण शाह मनुले ६४८ मत र .मेघराज खड्का ६३५ मत ल्याएर महामन्त्रीमा विजयी भएका छन् ।
त्यस्तै सह–महामन्त्री गोपाल दत्त भट्ट ५२ र .चिन्तामणि भट्टले ५३३ मत ल्याएर विजयी भएका छन् । सह–महामन्त्री (महिला) तर्फबाट १.अम्बिका चलाउनेलेः ६८८ बिजयी मत ल्याएर विजयी भएकी छन् । साथै अर्काै प्रत्यासी खिना भण्डारी (कुँवर) ः २३२ मत प्राप्त गरेकी थिइन् ।
नेपाली कांग्रेशको शनिवार सम्पन्न प्रदेश अधिबेशनको निर्वाचनको आइतवार सार्वजनिक गरिएको मत परिणाम अनुसार हालसम्म गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा नेतृत्व चयन भइसकेको छ । जसमा संस्थापन पक्ष (शेरवहादुर समुह) का सुदूरपश्चिम प्रदेशको सभापतिमा वीर बहादुर बलाएर र कर्णाली प्रदेशको सभापतिमा ललितजंग शाही विजयी भएका छन् भने वरिष्ठ नेता पौडेल पक्षका शुक्रराज शर्मा गण्डकी प्रदेशको सभापतिमा निर्वाचित भइसकेका छन् ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १४:०६ मा प्रकाशित






























