back
CTIZAN AD

बागमतीको राजनीति : भागवण्डा पुर्‍याउन ८ मन्त्रालयलाई फुटाएर १४

वि.सं.२०७८ मंसिर १९ आइतवार

636 

shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रालय फुटाएर मन्त्रिपरिषद् विस्तारको तयारी गरेका छन् । सत्ता गठबन्धनभित्रको किचलो समाधान गर्न पाण्डले मन्त्रालय फुटाउने तयारी गरेका हुन् ।

मन्त्रालय विभाजनको लागि प्रदेश मन्त्रिपरिषद्को बैठकले प्रदवेश सरकार, बागमती प्रदेश (कार्यविभाजन) नियमावली २०७४ पारित गरेको गरेको थियो । मन्त्रालय विभाजन गर्ने नियमावली राजपत्रमा प्रकाशित भइसकेको छ । प्रदेश सरकारले मन्त्रालय विभाजनमा अनुकुल हुनेगरि कार्य विभाजन नियमावली २०७४ को अनुसूची १ र २ संशोधन गरेको छ ।

हालको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय फुटाएर उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय, संस्कृति तथा पर्यटन मन्त्रालय र वन तथा वातावरण मन्त्रालय बन्ने राजपत्रमा उल्लेख छ ।

भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय फुटाएर कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बनाइएको छ । प्रदेश राजपत्रमा प्रकाशित सुचना अनुसार भौतिक पूर्वाधार विकास मन्त्रालय फुटाएर खानेपानी, उर्जा तथा सिंचाईं मन्त्रालय, श्रम रोजगार तथा यातायात मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालय बनाइएको छ । सामाजिक विकास मन्त्रालय फुटाएर युवा तथा खेलकुद मन्त्रालय र सामाजिक विकास मन्त्रालय नामाकरण गरिएको छ ।

बागमतीमा तत्कालीन नेकपा हुँदा पहिलो मुख्यमन्त्री बनेका डोरमणि पौडेलको कार्यकालमा सात सदस्यीय मन्त्रिमण्डल थियो । एमाले विभाजनसँगै भदौ २ मा मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालयसहित आठ मन्त्रालय बनाएको थियो।

वि.सं.२०७८ मंसिर १९ आइतवार १३:५४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...