back
CTIZAN AD

रघुवीर महासेठ भन्छन् – गठबन्धन असफल भइसक्यो, अब निर्वाचनमा जानुपर्छ

वि.सं.२०७८ मंसिर १९ आइतवार

1.8K 

shares

काठमाडौं । नेकपा (एमाले) नवनिर्वाचित सचिव तथा पूर्व उपप्रधानमन्त्री रघुवीर महासेठले गठबन्धन सरकार पूर्णं असफल भएको टिप्पणी गरेका छन् । आइतबार रिपोर्टस क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको लक्ष्य, उद्देश्य र दिशा नै नभएको बताए ।

‘यो सरकार दिशाहिन तरिकाले अघि बढिरहेको छ, यो सरकारले अहिलेसम्म कुनैपनि क्षेत्रमा उपलब्धि हाँसिल गरेको छैन, चाहे त्यो विकासको क्षेत्र होस, वा स्वास्थ्य क्षेत्र होस, निर्माणको होस वा बजेट कार्यान्वयनको सवाल होस, अथवा विदेशी नीतिको सवाल होस, यो वर्तमान सरकार कुनैपनि क्षेत्रमा सही तवरले अघि बढेको छैन’, उनले भने, ‘यो सरकार असफल सरकारको रुपमा स्थापित भएको छ । यो सरकारले केही गर्न सक्दैन भनेर जनताले बझेका छन् ।’

देशलाई बन्धक बनाइरहन नमिल्ने भन्दै उनको निर्वाचनको अपरिहार्यता भएको बताए । हिजो एमाले अध्यक्षले उठाइरहेको विषय आज गठबन्धनको विषय बनेको बताए ।

‘अब देशलाई बन्धक बनाएर राख्नुभएन, नयाँ निर्वाचनतर्फ जानुपर्छ, त्यो माग हामीले गरिसकेका छौं, जतिसक्दो छिटो जनताको बीचमा जान सकियो, त्यो नै जनताको लागि पनि हित हुन्छ, अब निर्वाचनको विकल्प छैन्’, उनले भने, ‘हाम्रो अध्यक्ष आदरणीय केपी शर्मा ओलीज्यूले पनि यो कुरा भन्नुभएको छ, उहाँले सुत्तामा हुँदापनि यो कुरा भन्नुभएको थियो, अहिले गठबन्धनभित्रैबाट पनि निर्वाचनमा जाने विषय भएको छ ।’

उनले संसद सञ्चालनको विषयमा सरकारको व्यवहारअनुसार निर्णय गरिने बताए ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १७:१६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...