back
CTIZAN AD

प्रदेश २ का बुद्धिजीवीहरुको जनकपुर सम्मेलन सम्पन्न

वि.सं.२०७८ मंसिर १९ आइतवार

570 

shares

जनकपुरधाम । प्रदेश २ अर्थात नेपालको मुख्य मधेशमा रहेका बुद्धिजीवीहरुले प्रदेश सम्मेलन सम्पन्न गरेका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रमुख जनवर्गिय संगठन मानिने नेपाल बुद्धिजीवी संगठनमा आवद्ध प्रदेश २ का बुद्धिजीवीहरुले सम्मेलन सम्पन्न गरेका हुन् ।

प्रदेश २ को सिराहा, सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहटबाट भाग लिएका बुद्धिजीवीहरुले माओवादी पार्टीलाई राम्रो र बलियो बनाउन संगठन निर्माण तथा वैचारिक अभियानमा जोडिने प्रतिबद्धता व्यक्त गर्दै सो सम्मेलन सम्पन्न गरेका छन् ।

No description available.

कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रको बुद्धिजीवी फयााक्सन ईन्चार्ज दीनानाथ शर्माले बुद्धिजीवी संगठनलाई परीणाममुखि बनाउनुपर्ने निर्देशन दिएका थिए ।सो कार्यक्रमममा  विशिष्ठ अतिथि पार्टीका प्रदेश इन्चार्ज तथा स्थायी समिति सदस्य गणेश शाह, स्थायी समिति सदस्य मातृका यादव, पार्टी केन्द्रीय सदस्य तथा संघीय शिक्षा राज्यमन्त्री बोधमाया यादव, प्रदेश संचारमन्त्री भरत शाह, संविधानसभा सदस्य तथा केन्द्रीय अनुशासन आयोगका सदस्य रामसिंह यादव, धनुषा पार्टीका संयोजक दीपक यादव लगायतले बुद्धिजीवीहरुको वर्तमान अभिभारा बारे धारणा राख्दै सम्मेलन सफलताको शुभकामना दिएका थिए भने बुद्धिजीवी संगठनका केन्द्रीय सहसंयोजक नीलकण्ठ तिवारीले कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन नै बुद्धिजीवीले संगठनात्मक अभियान बढाएको बताएका थिए ।

No description available.

संगठनका प्रदेश इन्चार्ज रामकुमार यादवको अध्यक्षता, प्रदेश संयोजक विन्देश्वर महतोको संचालन र संगठनका केन्द्रीय सदस्य तथा वरिष्ठ अधिवक्ता जय कुमार गोइतको स्वागत मन्तव्य रहेको सो कार्यक्रममा पुन्य प्रसाद यादव, रामलखनी मण्डल, रुपेश पाशवान, बुद्धराम यादव, श्यामवावु कार्की, सुरेन्द्र प्रसाद कानु, मनसरुल हक लगायतका बुद्धिजीवीहरुले संगठनात्मक रिर्पोट सहित धारणा राखेका थिए ।

No description available.

कार्यक्रममा इन्जिनियर कुलभुषण शेखर शर्माले अतिथि र सहभागीप्रति धन्यवाद ज्ञापन गरेका थिए । रामवृक्ष सास्कृतिक परिवारका सांस्कृतिकर्मीको प्रस्तुति रहेको सो सम्मेलनमा संगठनका सदस्य प्रदीप शाहले प्रदेश समिति छनैटको सहजीकरण गरेका िथए ।कार्यक्रममा ८ जिल्लाका ४० सदस्यको नाम पढेर सुनाईएको थियो भने बिज्ञ र समावेशि सहित ११ सदस्य थपेर ५१ जनाको प्रदेश समिति हुने घोषणा गरीएको थियो ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:५९ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...