back
CTIZAN AD

हारबाट विरत्तिए कमल थापा, ‘यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हाे ?’

वि.सं.२०७८ मंसिर १९ आइतवार

630 

shares

काठमाडौं । पार्टी अध्यक्षको निर्वाचनमा भएको पराजयबाट राष्ट्रिय प्रजातन्त्र पार्टीका निवर्तमान अध्यक्ष निकै विक्षिप्त देखिएका छन् । उनले सामाजिक सञ्जालमार्फत निकै भावुक शब्दहरु शेयर गर्न थालेका छन् ।

अन्तरमनभित्र निकै पीडा भएको भन्दै थापाले राजेन्द्र थापाको शब्द र अरुणा लामाको स्वरमा भएको चर्चित ‘पोहोर खुसी फाट्दा’ गीतको अंश शेयर गरेका छन् । उनले आफ्नो अवस्था निकै पीडादायी रहेको उनको भनाई छ ।

सामाजिक सञ्जालमार्फत उनले भनेका छन्, ‘मेरो अन्तर्मन भित्र मेरो मान्यता माथि गंभीर प्रश्न चिन्ह खडा भएको अहिलेको अवस्थामा कवि राजेन्द्र थापाको यो कविता सम्झन मन लाग्यो– पोहोर साल खुशी फाट्दा, जतन गरि मनले टाले, त्यहि साल माया फाट्यो, त्यसलाई पनि मनले टाले, यसपाली त मनै फाट्यो, केले सिउने केले टाल्ने हो ?’

निर्वाचनको नतिजालाई अस्वभाविक ठानेका थापाले पराजय हुनुमा पूर्वराजा ज्ञानेन्द्र शाहको हात रहेको टिप्पणी गरेका छन् । उनले बेग्लै पार्टी बनाउने गरि छलफल पनि प्रारम्भ गरेका छन् । पराजयबाट विरक्त भएका थापा नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रममा पनि सहभागी भएनन् ।

सम्बन्धित समाचार

के कमल थापालाई हराउन निर्मल निवासको हात छ ?

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:३३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...