back
CTIZAN AD

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको

वि.सं.२०७८ मंसिर १९ आइतवार

657 

shares

काठमाडौं । नेपालमा पछिल्ला केही साता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७४७ नमुना परीक्षणमा २०५ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका २०५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार १८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । आज निको भएका ४३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार १६२ जना रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरी अस्पतालका आइसीयुमा १०७ र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९० लाख ५० हजार ८३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ३ लाख ५२ हजार ८४५ जनाले पहिलो मात्रा र ८६ लाख ९७ हजार ९८९ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आज देशैभरी २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:११ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...