back

निरन्तर घट्दै कोरोना संक्रमित हुनेको संख्या, आज २०५ संक्रमित, ४३६ जना निको

वि.सं.२०७८ मंसिर १९ आइतवार

120 

shares
NTC AD
Global IME AD

काठमाडौं । नेपालमा पछिल्ला केही साता कोरोना संक्रमित हुनेको संख्या निरन्तर घट्दै गइरहेको छ । नेपालमा पछिल्लो २४ घण्टामा २०५ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ७४७ नमुना परीक्षणमा २०५ जना नयाँ संक्रमित थपिएका हुन् ।

आज थपिएका २०५ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १८ हजार १८४ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा ४३६ जना निको भएका छन् । आज निको भएका ४३६ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ४ हजार ५४४ पुगेको छ ।

त्यस्तै नेपालमा आज कोरोनाबाट १ जनाको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५४१ पुगेको छ ।

हाल नेपालमा ६ हजार ५०७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ६ हजार १६२ जना रहेका छन् भने ३४४ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरी अस्पतालका आइसीयुमा १०७ र २८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यसैगरी नेपालमा हालसम्म कोरोनाभाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड ९० लाख ५० हजार ८३४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । ती मध्ये १ करोड ३ लाख ५२ हजार ८४५ जनाले पहिलो मात्रा र ८६ लाख ९७ हजार ९८९ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् । नेपालमा पछिल्लो २४ घण्टामा ५७ हजार ९३० जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

आज देशैभरी २३८ जनामा कोरोना संक्रमण, ५ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर १९ आइतवार १६:११ मा प्रकाशित

NLIC AD
NABIL bank AD
स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

स्नातक छोरीबुहारीलाई नगरपालिकामा रोजगारी

इलाम । सूर्योदय नगरपालिका–१ बाङ्गीनकी स्वस्तिका शाहलाई निःशुल्क छात्रवृत्तिमा स्नातक...

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

तीन वर्षदेखि सुनसान अध्यागमन कार्यालय

नेपालगञ्ज । बाँकेको जमुनाह नाकामा रहेको अध्यागमन कार्यालय करिब तीन...

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

प्राविधिक शिक्षालयले छात्रछात्रालाई व्यावसायिक कृषितर्फ उन्मुख हुन प्रेरित गर्दै

गलेश्वर (म्याग्दी) । विद्यालयमा पढाइसँगै तरकारी खेती र मौरीपालन गरेर...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डढेलोमा परी गम्भीर घाइते भएकी महिलाको मृत्यु

डोटी । वन डढेलोमा परी गम्भीर घाइते भएकी एक महिलाको...

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

सुदूरपश्चिमसहित पाँच प्रदेशमा मध्यम वर्षाको सम्भावना !

काठमाडौँ । केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको बदली भोलि...