काठमाडौं । नेपाली जनसम्पर्क समिति फ्रान्सको अध्यक्षमा पुनः सुधिर राना विजयी भएका छन् ।
हालै सम्पन्न समितिको अधिवेशनले रानाको नेतृत्वमा १३ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षद्धयमा इन्द्र बहादुर बस्नेत र कृष्ण गुरुङ, महामन्त्रीमा बिकास केसी, सहमहामन्त्रीमा सुजन राज, कोषाध्यक्षमा टीकाराम सापकोटा र सहकोषाध्यक्षमा विराज मल्ल चयन भएका छन् ।
त्यस्तै समितिको सदस्यहरुमा मैया कटुवाल (जीता), झबिन्द्र अधिकारी, वराज बगाले, सुशील भण्डारी, रञ्जित भट्ट र सुदीप कंडेल चयन भएको निर्वाचन समितिका संयोजक तप्त भण्डारीले जानकारी दिएका छन् ।
रानाको अध्यक्षतामा गठन भएको यक्त नयाँ कार्यसमिति सर्वसम्मत रुपबाट चयन गरिएको हो ।
जनसम्पर्क समिति बिभागीय प्रमुख तथा केन्द्रिय सदस्य गोबिन्द भट्टराईको प्रमुख आतिथ्यतामा रहेको उक्त कार्यक्रममा केन्द्रिय प्रतिनिधि तथा जनसम्पर्क समिति जर्मनीका पूर्वसभापति दिल गुरुङ, आमन्त्रित केन्द्रिय सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका सभापति आनन्द बिष्टले शुभकामना मन्तव्य राखेका थिए ।
आवासीय नेपाली संघ फ्रान्सका संस्थापक अध्यक्ष हरिहर अर्याल, गैरआवासीय नेपाली संघ फ्रान्सका पूर्वअध्यक्ष तथा जनसम्पर्क समिति फ्रान्सका सस्थापक अध्यक्ष निर्मल अर्याल र फ्रान्सस्थित अन्य नेपाली संघसंस्थाका प्रतिनिधिहरुले नवनिर्वाचित कार्य समितिलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिएका थिए ।
वि.सं.२०७८ मंसिर १९ आइतवार १५:५४ मा प्रकाशित






























