back
CTIZAN AD

नेप्सेमा ७२ अकंको पहिरो, एक कम्पनीको सेयर मूल्यमा भने लाग्यो सकारात्मक सर्किट

वि.सं.२०७८ मंसिर १९ आइतवार

579 

shares

१९ मंसिर, काठमाडौँ । साताको पहिलो दिन आइतबार सेयर बजार नेप्सेमा ७२ अकंले पहिरो गएको छ । आज सेयर बजार (नेप्से) ७२ दशमलब ३ अकंले घटेर २५१३ दशमलब ८८ विन्दुमा पुगेको छ । त्यस्तै ठूला कम्पनीहरुकोे कारोबार मापक सेन्सेटिभ पनि १४ दशमलब १५ अकंले घटेर ४७३ दशमलब ३७ विन्दुमा पुगेको छ ।

आज कुल सूचिकृतमध्ये २२६ कम्पनीको ९ अर्ब ९ करोड ७ लाख ६५ हजार ३२५ रुपैंया बराबरको ८९ लाख २० हजार ८९४ कित्ता सेयर किनबेच भएको छ । तिनको कारोबारमा ६० हजार ८८ पटक लेनदेन भएको हो ।

कारोबार रकमको आधारमा नेशनल हाईड्रोपावर, हिमालयन डिष्टिलरी, नेपाल टेलिकम, नविल बैंक, महालक्ष्मी विकास बैंक, अपी पावर लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे भने कारोबार संख्याको आधारमा नेशनल हाईड्रोपावर, एचआईडिसियल, अपी पावर, अरुण भ्याली हाईड्रोपावर, महालक्ष्मी विकास बैंक लगायतका कम्पनीहरु शिर्ष स्थानमा रहे ।

नेप्से ७२ अकंले घट्दा पनि १ कम्पनीको सेयर मुल्यमा भने सकारात्मक सर्किट लागेको छ । आज न्यादी हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो ।

वि.सं.२०७८ मंसिर १९ आइतवार १५:३२ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...