Logo
१३ माघ २०७८, बिहीबार
     Thu Jan 27 2022
E-paper
  English Edition
   Unicode
Logo

धरापमा पाँच दलीय गठबन्धन, देउवा नै भन्छन् – आम निर्वाचनसम्म रहन्न



काठमाडौं । पाँच दलीय गठबन्धन भाँडिने अवस्थामा पुगेको छ । आगामी आमनिर्वाचनसम्मै गठबन्धन कायम रहने बताइरहेको बेला गठबन्धन विभाजनको अवस्थामा पुगेको हो ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले सोमबार आफुँ निकटका पत्रकारहरुलाई बोलाएर गठबन्धन भाँडिने अवस्थामा पुगेको स्पष्ट पारेका हुन् । देउवाले फागुनमा हुने राष्ट्रियसभा निर्वाचन पछि गठबन्धन रहने सम्भावना कम भएको बताएका छन् । ‘अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो, त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन’, पत्रकारसँगको कुराकानीमा उनले भनेका छन् ।

देउवाले फागुनमा हुने राष्ट्रियसभा निर्वाचन पछि गठबन्धन रहने सम्भावना कम भएको बताएका छन् । ‘अहिलेको गठबन्धन राष्ट्रियसभाको चुनावसम्म मात्रै हो, त्योभन्दा पछिसम्म लाने वा नलाने भनेर छलफल भएर कुनै सहमति भएको छैन’, पत्रकारसँगको कुराकानीमा उनले भनेका छन् ।

राष्ट्रियसभाका २० सदस्यको पदावधि आगामी २० फागुनमा सकिँदैछ । स्वतः रिक्त हुने उक्त पदमा निर्वाचन आयोगले माघ १२ मा निर्वाचन गर्दैछ ।

हस्तक्षेपले दिक्क छन् देउवा

सरकार सञ्चालनमा आफँ स्वयं मात्रै हाबी हुन नपाउँदा कांग्रेस सभापति शेरबहादुर देउवा अहिले दिक्क अवस्थामा छन् । मुख्यतः माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको हस्तक्षेपले उनलाई आफुँ अनुकुल काम गर्न असहज भईरहेको छ ।

पार्टीभित्रकै किचलोभन्दा पनि अहिले देउवालाई गठबन्धनको विषय मिलाउन हैरान परेको देखिन्छ । पार्टीभित्र तात्तिएको महाधिवेशनको तयारीकै कारण पनि उनको सरकारमा उपस्थिति कमजोर छ । सरकार गठन भएको ६ महिना बित्दासमेत उनको नेतृत्वमा देखिनेगरि कुनै काम हुन सकेको छैन् । सरकारको असफलतामा देउवाले गठबन्धनको भूमिकालाई प्रमुखताका साथ लिएको कतिपयको भनाइ छ । देउवा पछिल्लो समय गठबन्धनको विकल्प खोजिरहेको उनी निकटस्थ नै बताउँछन् ।

एमालेसँग नजिक हुँदै देउवा

गठबन्धनभित्रको विवाद व्यवस्थापन नहुँदा सरकारले पूर्णंता पाउन नै झण्डै ३ महिना लागेको थियो । तत्कालिन समय गठबन्धनभित्र विवाद बढ्दै जाँदा देउवा एमालेसँग निरन्तर संवादमा थिए । उनले आफ्ना विश्वासपात्र तथा सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई निरन्तर एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफलका लागि पठाएका थिए । ओलीसँगको निरन्तर छलफललाई तत्कालिन समय नै गठबन्धन भाँडिन लागेको अर्थमा बुझिएको थियो ।

तत्कालिन समय बाध्यकारी रुपमा सरकारले पूर्णंंता पाएपनि सरकार सञ्चालनमा भने गठबन्धनका बीचमा सहमति बनिरहेको देखिन्न । पछिल्लो समय अदालत, एमसीसीलगायतका मुद्दामा दलहरुबीच सहमति बन्न सकिरहेको छैन् । देउवा विवादित कतिपय मुद्दामा एमाले नजिक देखिन्छन् ।

तत्कालिन समय बाध्यकारी रुपमा सरकारले पूर्णंंता पाएपनि सरकार सञ्चालनमा भने गठबन्धनका बीचमा सहमति बनिरहेको देखिन्न । पछिल्लो समय अदालत, एमसीसीलगायतका मुद्दामा दलहरुबीच सहमति बन्न सकिरहेको छैन् । देउवा विवादित कतिपय मुद्दामा एमाले नजिक देखिन्छन् ।

एमालेको महाधिवेशनको उद्घाटन सत्रमा देउवाको उपस्थितिलाई पनि अर्थपूर्णं रुपमा लिइएको छ । आफ्नै नियुक्तीलाई परमादेश भन्दै विरोध गर्ने एमालेको कार्यक्रमको अतिथि बन्न जानुले गठबन्धनभित्र आशंका बढेका छन् । बताइएअनुसार देउवा जानुलाई प्रचण्ड र माधवले विरोध गरेका थिए ।

गठबन्धनको तगारोमा एमसीसी

सरकार गठनदेखि नै गठबन्धनको निम्ति अमेरिकी सहयोग परियोजना एमसीसी तगारोको रुपमा देखिँदै आएको छ । एमसीसीको विषयमा गठबन्धनभित्रै निकै विवाद छ । देउवा जसरी पनि एमसीसीलाई अगाडि बढाउने पक्षमा छन् भने प्रचण्ड र माधवकुमार नेपाल जसरी पनि फिर्ता गराउने पक्षमा छन् ।

एमसीसीको मुद्दामा देउवालाई गठबन्धनभित्रबाट भन्दा बाहिरबाट सहयोग छ । एमालेसँग एमसीसीको मुद्दामा देउवा एकमत छन् । एमसीसीकै कारण पनि अहिले गठबन्धन भाँडिने अवस्थामा पुगेको देखिन्छ । एमसीसी जसरी पनि पास गराउनुपर्ने दबाबमा रहेका देउवालाई गठबन्धनको विकल्प खोज्न बाध्य पारेको बुझिन्छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

 काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियसभा निर्वाचनको परिणाम विगतको जनादेशलाई खण्डित गर्ने

तनहुँ । खेत मासेर तनहुँमा एक व्यक्तिले रिसोर्ट निर्माण गरेका छन् । पोखरा निवासी

काठमाडौं । जन्डिस रोग लागेपछि स्वदेशकै निजी अस्पताल सुमेरुमा उपचार गराइरहेका नेकपा (माओवादी केन्द्र)का

काठमाडौं । नेपालको सम्पुर्ण बैंकिङ क्षेत्रमा लगानीयोग्य पुँजीको तरलतामा समस्या देखिएको छ । झण्डै

काठमाडौं । एक पूर्व सैनिक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् । सोलुखुम्बु लिखुपिके