काठमाडौं । नेपालमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका संक्रमित भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पहिलो पटक नेपालमा २ जना व्यक्तिमा ओमिक्रोनको संक्रमण देखिएको हो ।
मन्त्रालयले जनाएअनुसार भेटिएका दुई संक्रमित मध्ये ६६ वर्षीया विदेशी नागरिक र उनको सम्पर्कमा आएका ७१ वर्षीया नेपाली छन् । उनीहरु दुवै जना हालै नेपाल भित्रिएका थिए । पीसीआरको नेगेटिभ रिपोर्टसहित उनीहरु नेपाल आएका थिए ।
मन्त्रालयका अनुसार दुवै जनालाई अहिले अस्पतालको आइसोलेसन राखिएको छ । उनीहरुसँग सम्पर्कमा आएका सबैको कन्ट्याक्ट ट्रेसिङ पनि गरिएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २० सोमवार १३:३३ मा प्रकाशित






























