२७ मंसिर, काठमाडौँ । एनएमबि बैंक लिमिटेडले आफ्नो २६ औँ वार्षिक साधारणसभा पुस २२ गते गर्ने भएको छ । सभाले सेयरधनीलाई चुक्ता पुँजीको १२.५० प्रतिशत बोनस र ३.३० प्रतिशत नगद लाभांश गरी कुल १५.८० प्रतिशत लाभांश प्रस्ताव पारित गर्नेछ ।
साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्ने भएको छ । यस अनुसार पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

वि.सं.२०७८ मंसिर २७ सोमवार ११:०८ मा प्रकाशित


























