back
CTIZAN AD

निकुञ्जका वन्यजन्तु गाउँ पस्न थालेपछि स्थानीयवासीद्वारा नियन्त्रणको माग

वि.सं.२०७८ मंसिर २७ सोमवार

627 

shares

नवलपुर । चितवन राष्ट्रिय निकुञ्जबाट वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का मध्यवर्ती क्षेत्रका बासिन्दाले नियन्त्रणको माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । गैँडा, बँदेललगायत वन्यजन्तु बस्तीमा प्रवेश गर्न थालेपछि स्थानीयवासीले नियन्त्रणको माग गर्दैै वडा कार्यालयमार्फत निकुञ्जलाई ज्ञापनपत्र बुझाएका हुन् ।

मध्यविन्दु नगरपालिकाको मध्यवर्ती क्षेत्रमा पर्ने ब्रम्हस्थान, इटौरा, रतनपुरलगायत क्षेत्रमा निकुञ्जबाट आउने गैँडा, बँदेललगायत वन्यजन्तुका कारण असुरक्षा बढेको भन्दै जनाबर बस्ती प्रवेशमा रोक लगाउनका लागि माग गरिएको हो । मध्यविन्दु-३ ब्रम्हस्थानका सूर्यप्रसाद पौडेलले गैँडा र बँदेलका कारण गाउँमा लगाइएको अन्नबाली नष्ट हुने गरेको बताए ।

“निकुञ्जबाट आउने जङ्गली जनावरका कारण हामीले लगाएको अन्नबाली पूरै स्याहार्न पाउँदैनौँ”, पौडेलले भने, “दिउँसै बस्तीमा गैँडा पस्न थालेपछि हामीलाई कामधन्दा गर्न बाहिर निस्कन पनि समस्या हुन थालेको छ ।” विगत एक महिनादेखि यस क्षेत्रमा नियमित जस्तो दिउँसै गैँडा आउन थालेका छन् ।

गाउँलेले जङ्गली जनावरलाई गाउँ छिर्न रोक्नका लागि मेसजाली लगाउने तथा फेन्सिङ वायर (विद्युतीय तारबार)को काम तुरुन्त गर्न मध्यविन्दु–३ वडा कार्यालयमार्फत मध्यवर्ती क्षेत्र, नगरपालिका र निकुञ्जको ध्यानाकर्षण गराएका छन् । जङ्गली जनावरका कारण गाउँमा त्रास फैलिँदासमेत निकुञ्ज र नजिकै भएको मध्यवर्ती समितिसमेत बेखबर बसेको भन्दै स्थानीयवासीले हस्ताक्षरसहित ध्यानाकर्षण गराएका हुन् । दिउँसै गाउँमा गैँडा पस्न थालेपछि यहाँका बासिन्दा काममा जानसमेत डराउन थालेका स्थानीयवासी बुद्धिराम बोटेले बताए ।

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रको पहलमा यस क्षेत्रमा निकुञ्जबाट गैँडा, बँदेललगायत जनावर गाउँ पस्नबाट रोक्न विद्युतीय तार लगाइएको भए पनि तारको नियमित मर्मत सम्भार नहुँदा जनावर सजिलै गाउँ छिर्न थालेका स्थानीयवासी सुवास नेपालले जानकारी दिए । “नारायणी नदीको किनारैकिनार विद्युतीय तार त लगाइएको छ”, नेपालले भने, “तर, तारको नियमित हेरविचार नपुर्याउँदा तार ठाउँठाउँमा चुँडिएका छन्, त्यसकारण पनि जङ्गली जनावर सजिलै गाउँ छिर्ने गरेका हुन् ।”

वडा कार्यालय, नगरपालिका तथा मध्यवर्ती क्षेत्र र निकुञ्जले गाउँको समस्या तत्काल समाधान नगरेमा वन्यजन्तु पीडित स्थानीयवासीले आफ्नो जिउधन रक्षाका लागि थप सशक्त आन्दोलनका कार्यक्रम अगाडि बढाउन बाध्य हुने नेपालले बताए ।

जङ्गली जनावरलाई गाउँ पस्नबाट रोक्नका लागि प्रभावकारी ढङ्गले काम गर्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यले जानकारी दिए । स्थानीयको समस्याका बारेमा आफूहरुलाई पहिले जानकारी नभएको उल्लेख गर्दै प्रमुख संरक्षण अधिकृत आचार्यले निकुञ्जका जनावर बस्ती पस्नबाट रोक्नका लागि काम गरिने बताए ।
रासस

वि.सं.२०७८ मंसिर २७ सोमवार १३:०२ मा प्रकाशित

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

पुरानो पुस्ताको अवसानसँगै मासिँदै गयो सनपाट

गोपालप्रसाद बराल, महोत्तरी । केही दशक पहिलेसम्म महोत्तरीका बस्तीबस्तीका किसान...

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

सिडिओ फिल्डमा नगई आदेश दिँदा सुरक्षा फौजद्वारा घातक हतियारको जथाभावी प्रयोग

काठमाडौँ । काठमाडौँका तत्कालीन प्रमुख जिल्ला अधिकारी (सिडिओ) आफैँ फिल्डमा...

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

आर्थिक सर्वेक्षणः शेयर कारोबार रकम घट्यो, सूचकाङ्क र पुँजीकरण भने सकारात्मक

काठमाडौँ । चालु आर्थिक वर्षको फागुनसम्म धितोपत्र दोस्रो बजारमा भएको...

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

प्रतिपक्ष दलको विरोधपछि कोशी प्रदेशसभा बैठक अवरुद्ध

विराटनगर । कोशी प्रदेशसभाको बैठक प्रमुख प्रतिपक्ष दलको विरोधपछि आज...

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दो

काठमाडौँ । विद्युत्को खपत बढ्सँगै पेट्रोलियम पदार्थको खपत क्रमशः घट्दै...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

महालक्ष्मी कर्पोरेट क्रिकेट लिगको पाँचौँ संस्करण जेठ १७ गतेदेखि

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ३२ औं वर्ष प्रवेश गरेको...