back
CTIZAN AD

४००० हजार मत गणना गर्दा देउवाले ल्याए १९०० मत, अन्य कस्को कति आयो त ?

वि.सं.२०७८ मंसिर २८ मंगलवार

642 

shares

काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि सोमबार सम्पन्न निर्वाचनको मतगणना जारी छ ।

शुक्रवारदेखि राजधानीको भृकुटी मण्डपमा जारी नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवार नेताहरुको नाममा खसेको मत गणना जारी रहेको छ ।

बिहान ४ बजेदेखि सुरु भएको मतगणनामा हालसम्म ४००० मत गणना भइसकेको छ । जसमा सभापतिका उम्मेदवार शेरबहादुर देउवाले १९०० मत प्राप्त गरेर अग्रता कायम गरिरहेका छन् ।

जसमा निर्वाचन समितिले दिएको जानकारी अनुसार हालसम्मको मतगणनामा देउवाले १९००, शेखर कोइरालाले १४६७, प्रकाशमान सिंहले २९६, विमलेन्द्र निधिले २३० र कल्याण गुरुङले ८७ मत प्राप्त गरेका छन् ।

सभापतिका पाँच आकांक्षी मध्ये मुख्य गरेर कोइराला र देउवावीच भइरहेको प्रतिस्पर्धामा देउवा ४३३ मतले अगाडि रहेका छन् ।

कूल खसेको ४ हजार ७४३ मत मध्ये हाल सभापतिका उम्मेदवारको नाममा खसेको मात्र मत गणना भइरहेको छ । कांग्रेसको विधान अनुसार सभापतिका उम्मेदवारले कूल खसेको मतमध्ये ५० प्रतिशत कटाएमा अर्थात् २३४० मत ल्याएमा विजयी हुनेछन् ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार ०९:०३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...