back
CTIZAN AD

मतगणनामा अगाडि रहेका देउवाले ५० प्रतिशत कटाउन सकेनन्, सभापतिका लागि पुनः मतदान हुने

वि.सं.२०७८ मंसिर २८ मंगलवार

714 

shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औं महाधिबेशन अन्तर्गत सोमबार भएको निर्वाचनमा सभापति पदका उम्मेदवारहरुमध्ये कसैले पनि ५० प्रतिशत मत कटाउन नसक्दा पुनः मतदान हुने भएको छ ।

सोमबार राति सम्पन्न निर्वाचनको मंगलवार बिहान ४ बजेदेखि सुरु भएको सभापतिको मतगणनामा ५ सय बढी मतले कोइराला भन्दै अगाडि रहेका शेर बहादुर देउवाले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको चुनाव हुने भएको हो ।

सोमबार खसेको ४ हजार ७४३ मत मध्ये हाल सभापतिका उम्देवार शेर बहादुर देउवाले २२५८, डा. शेखर कोइरालाले १७२९, प्रकाशमान सिंहले ३७१, विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले ३२ मत प्राप्त गरेका छन् ।

पहिलो चरणको निर्वाचनमै विजयी नजिक पुगेका देउवाले २८ मतले मात्रै पछि परेका हुन् । नेपाली कांग्रेसको विधान अनुसार विजयी हुनका लागि ५० प्रतिशत कटाउनुपर्ने अर्थात् २३४० मत प्राप्त गर्नुपर्छ । देउवाले २२५८ मत ल्याएका छन् ।

यो संगै अब नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि देउवा र कोइरालाबीच पुनः प्रतिस्पर्धा हुने भएको छ । पुनः निर्वाचन भएमा देउवाविरुद्ध आफुहरु एक हुने सभापतिका उम्मेदवार विमलेन्द्र निधिले यसअघि नै घोषणा गरिसकेका छन् भने कांग्रेमा नेतृत्व परिवर्तन हुनुपर्छ भनेर मत मागेका प्रकाशमान सिंहले भने कसलाई समर्थन गर्छन् भन्ने कुरा बाहिर आइसकेको छैन ।

दोस्रो चरणको मतदान आजै हुने र परिणाम पनि आजै आउने बताइएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार ०९:२७ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...