back
CTIZAN AD

पहिलो चरणमा हारेका देउवाले दोस्रो चरणमा पाउलान् त सिंह र निधिको साथ ?

वि.सं.२०७८ मंसिर २८ मंगलवार

603 

shares

काठमाडौं । नेपाली कांग्रेसको जारी १४ औं महाधिबेशन अन्तर्गत सोमबार नयाँ नेतृत्वको लागि भएको निर्वाचनमा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन सकेनन् ।

मंगलवार बिहान १० नबज्दै आएको मत परिणामको नतिजामा सभापतिका उम्मेदवार कसैले पनि बहुमत ल्याउन नसकेपछि सभापतिका लागि पुनः निर्वाचन हुने भएको छ ।

पुनः हुने निर्वाचनमा २२५८ मत ल्याएर पहिलो बनेका देउवा र १७०२ मत ल्याएर दोस्रो बनेका शेखर कोइरालाबीच प्रतिस्पपर्धा हुने भएको छ । दुवैलाई सभापतिमा विजयी बनाउनका लागि मुख्य भूमिका रहनेछ प्रकाशमान सिंह र विमलेन्द्र निधिको ।

साथ देलान त निधि र सिंहले
नेपाली कांग्रेसमा देउवाको विकल्प खोज्नुपर्छ भनेर आवाज उठ्दै आएको बेला पनि देउवा झण्डै–झण्डै बुहमतको नजिक पुगेका थिए । तरपनि ८२ मतका कारण ५० प्रतिशत कटाउन नसकेका देउवा अब भने दोस्रो बनेका शेखर कोइरालासँग प्रतिस्पर्धामा उत्रनेछन् । निधि र सिंहले आफ्नो बोली नफेरेमा नेपाली कांग्रेसको आगामी नेतृत्वमा शेखर कोइराला विजयी हुने निश्चित रहेको विश्लेषकहरु बताउँछन् ।

सिंह र निधिको साथ पाउन मुस्किल
१४ औं महाधिबेशनको उद्घाटन शत्रमै देउवाको विकल्पमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई साझा उम्मेदवार बनाउन प्रस्ताव गरेका विमलेन्द्र निधिले अन्तत सिंह र कोइराला सभापति पदमा नछोड्ने अडान लिएपछि निधि पनि निर्वाचनको प्रतिस्पर्धामा अगाडि बढेका थिए ।

उनले निर्वाचनका क्रममा देउवाले पहिलो चरणमै सभापतिमा नजित्ने र दोस्रो चरणमा आफु सिंह र कोइराला एक भएर प्रतिस्पर्धामा भाग लिने सोमबारै घोषणा गरिसकेका छन् । दोस्रो चुनावी प्रतिस्पर्धामा कुनै हालतमा पनि निधिको साथ देउवाले पाउने देखिदैन । स्रोतका अनुसार निधिले प्रकाशमान सिंहसँग छलफल गरेर आफ्नो मतका विषयमा निर्णय लिने बताएका छन् । सभापतिका प्रत्यासी निधिले २५० मत प्राप्त गरेका थिए ।

सिंह भेट्न चाक्सीबारी
निर्वाचनको पहिलो चरणमा आफ्ले बहुमत ल्याउन नसकेपछि नेता शेरबहादुर देउवा सिंहलाई आफुतिर ल्याउनका लागि गृहमन्त्री बालकृष्ण खाँडलाई सिंह निवास चाक्सी बारी पठाएका छन् । यता सिंह, निधिले कोइरालालाई सघाएमा आफुले बहुमत प्राप्त गर्न नसक्ने अवस्थाको आंकलन गर्दै देउवाले सिंहलाई आफु्तिर ल्याउनका लागि यस्तो कदम चालेको विश्लेषकहरु बताउँछन् ।

तर सिंहले यसअघि नै चुनावी प्रचारमा कांग्रेसमा नेतृत्व परिवर्तन हुनुपर्छ भन्दै मत मागेका थिए । सिंह आफ्नो बोलीमा अडिग रहे भने आगामी नेतृत्व कोइरालाको हातमा जानेछ । तर सिंह निकट स्रोतका अनुसार सिंहले कोइराला र देउवामा कसलाई साथ दिने भन्ने बारेमा साथीहरुसँग सल्लाह गर्ने जवाफ दिएका छन् ।

सभापतिका उम्मेदवार रहेका सिंहले पहिलो चरणको मतदानमा ३७१ मत ल्याएर तेस्रो बनेका थिए । उनको मत कोइराला र देउवा दुवैलाई निर्णायक हुनेछ ।

मतगणनामा अगाडि रहेका देउवाले ५० प्रतिशत कटाउन सकेनन्, सभापतिका लागि पुनः मतदान हुने

वि.सं.२०७८ मंसिर २८ मंगलवार १०:३४ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...