back
CTIZAN AD

पुरानागाउँमा न्यानो कपडा वितरण

वि.सं.२०७८ मंसिर २८ मंगलवार

795 

shares

बनेपा । पुरानागाउँमा न्यानो कपडा वितरण गरिएको छ । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका-१० पुरानागाउँका स्थानीय समाजसेवी रामकृष्ण श्रेष्ठका पहलमा गाउँका स्थानीय बासिन्दालाई न्यानो कपडा वितरण गरिएको हो । नमोबुद्ध-१० को समन्वयमा उनले आफ्नो जन्मथलो पुराना गाउँमा कम्बल र न्यानो टोपी वितरण गरेका हुन् ।

२३५ जनालाई वडाध्यक्ष रामकृष्ण अधिकारी र समाजसेवी श्रेष्ठले संयुक्त रुपमा ती सामग्री वितरण गरेका हुन् । समाजसेवी श्रेष्ठले यसअघि वडा नं १० को कार्यालय भवन निर्माणका लागि पनि निःशुल्करूपमा १० आना एक पैसा एक दाम जग्गा उपलब्ध गराएका छन् ।

सो अवसरमा वडाध्यक्ष अधिकारीले श्रेष्ठको सहयोगले वडावासीका लागि ठूलो राहत मिलेको बताए । विगतमा पनि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, दलित, महिलालगायत लक्षित वर्गका लागि वडाले अत्यावश्यक सामग्री वितरण गरेको थियो ।
रासस

वि.सं.२०७८ मंसिर २८ मंगलवार ११:४१ मा प्रकाशित

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थी बढे

काठमाडौँ । स्वदेशमै उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्यामा १०...

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

अन्तरराष्ट्रिय सम्बन्धमार्फत विकास र लगानी विस्तारमा सरकार केन्द्रित छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले नेपालको अन्तरराष्ट्रिय सम्बन्धलाई देशको विकास,...