back
CTIZAN AD

बिहीबारदेखि राजधानीमा व्यवस्थापन तथा आईटी शैक्षिक मेला हुने

वि.सं.२०७८ मंसिर २८ मंगलवार

699 

shares

२८ मंसिर, काठमाडौँ – बिहीबारदेखि राजधानीमा छैठौं व्यवस्थापन तथा आईटी सम्बन्धी शैक्षिक मेला हुने भएको छ । ‘स्टडी इन नेपाल’ भन्ने मूल नाराका साथ युनिभर्सल थट कन्सल्ट (यूटीसी) ले पुस १ र २ गते काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा मेला आयोजना गर्ने भएको हो ।

उक्त शैक्षिक मेलामा एमबीए, एमबीएस, एमएस्सी, सीएसआइटी, बीबीए, बीएससी, सीएसआइटी, बीएलटी, बीआइएम, बीएचएम, बीबीआइएस, बीटीटीएम, बीबीएम, बी एचटिएम, बिएसडब्लु, बीबीएस, बीबीए, बिआई, बिई, बीडिएफइन, बीडिइभ्स लगायतका शैक्षिक उपाधिहरु प्रदान गर्ने र कार्यक्रममा ३० शैक्षिक संस्थाहरुको सहभागिता रहने आयोजकले बताएको छ ।

छैठौं शैक्षिक मेलामा यस वर्ष कक्षा ११, १२ अध्ययन गर्दै रहेको र कक्षा १२ को परीक्षा सकेर बसेका पाँच हजार विद्यार्थीको सहभागिता रहने यूटीसीका कार्यकारी निर्देशक राजेश बुद्धसैनीको भनाई छ । यस वर्षको शैक्षिक मेलामा नेपाली विश्वविद्यालयबाट क्रमशः पोखरा विश्वविद्यालयका नौ शैक्षिक संस्था, त्रिभुवन विश्वविद्यालयका छ वटा, पूर्वाञ्चल विश्वविद्यालयका तीन वटा, काठमाडौं विश्वविद्यालयका दुई वटा, मध्यपश्चिम विश्वविद्यालयका पाँच वटा नेपाली विश्वविद्यालयका कलेज, दुई वटा सीए र एक अन्य अध्यापन गराउने संस्थाहरुको सहभागिता रहने बताइएको छ ।

१५ वटा विदेशी विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेजहरुको सहभागिता रहने सो मेलामा जम्मा ५१ वटा स्टलहरु रहने युटीसीका एडमिनिसट्रेटिभ एण्ड फाइनान्स डाइरेक्टर प्रकाश ढकालले बताए । यस वर्षको युनिभर्सल थट कन्सल्टद्वारा आयोजित मेलाकोको टाइटल स्पोन्सर प्रेसिडेन्टल बिजनेश स्कुल कलेज रहेको र मुख्य स्पोन्सरमा आइआइएमएस कलेज, इन एसोसिएसन विथमा ट्रिनिटी कलेज र किष्ट कलेज साथै मिड भ्याली कलेज, माल्पी कलेज, मेदाभी कलेज, एआइटीएम कलेज, केआइसी कलेज पावर वाइमा तथा मेलाको इभेण्ट मेनेजर इन्टरडक्सन ट्रेड सो नेपाल बताइएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार ११:३६ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...