back
CTIZAN AD

ग्लोबल आईएमई बैंककाे १३.५ प्रतिशत लाभांश पारित

वि.सं.२०७८ मंसिर २८ मंगलवार

729 

shares

२८ मंसिर, काठमाडौँ – ग्लोबल आईएमई बैंकको १५ औं वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । मंसिर २७ गते नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा सम्पन्न भएको साधारणसभाले गत आवको कुल मुनाफाबाट बैंकले आफ्ना शेयर धनीलाई १० प्रतिशत बोनस सेयर र ३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।

प्रस्तावित बोनस सेयर वितरण पश्चात बैंकको चुक्ता पुँजी २३ अर्ब ७९ करोड रुपैयाँ पुग्ने बताइएको छ । राज्यका नीतिहरुको परिपालना गर्दै सेयरधनीलाई उचित लाभांश प्रदान गर्न बैंक कटिबद्ध रहेको बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका थिए ।

राष्ट्र बैंकले २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवद्र्धन वर्षको रुपमा मनाउने घोषणा अनुसार देशैभर डिजिटल भुक्तानीका लागि बैंकिङ्ग साक्षरता कार्यक्रम गरिने अध्यक्ष ढकालले बताए । देशभर २८७ शाखा सञ्जाल तथा ३ अन्तर्राष्ट्रिय सम्पर्क कार्यालयसहित ८५० भन्दा बढी केन्द्रबाट २७ लाख ग्राहकलाई सेवा प्रदान भइरहेको बैंकले बताएको छ ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार ११:२३ मा प्रकाशित

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

नेप्से परिसूचकमा २५ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट...