back
CTIZAN AD

वाग्मती प्रदेशमा तेस्रो पटक मन्त्रिपरिषद् विस्तार,यी हुन् पाँच मन्त्री र एक राज्यमन्त्री

वि.सं.२०७८ मंसिर २८ मंगलवार

669 

shares

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आज तेस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेका छन् । यो विस्तारसँगै मन्त्रिपरिषद् ११ सदस्यीय बनेको छ । पाण्डेले आज पाँच मन्त्री र एक राज्यमन्त्री थप गरेका हुन् ।

गठबन्धनमा रहेका दलमध्ये पाण्डेले नेकपा (माओवादी केन्द्र) का तर्फबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का तर्फबाट दुई मन्त्री नियुक्त गरेका हुन् । पाण्डेले नेकपा (माओवादी) का तर्फबाट प्रदेशसभा सदस्य घनश्याम दाहाललाई श्रम रोजगार तथा यातायातमन्त्री, विशाल खड्कालाई वन तथा वातावरणमन्त्री र रत्नप्रसाद ढकाललाई युवा तथा खेलकुदमन्त्रीमा नियुक्त गरेका छन् भने एकीकृत समाजवादीका वसन्तकुमार मानन्धरलाई खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री, बसुन्धरा हुमागाईंलाई कृषि तथा पशुपछीमन्त्री र इन्द्रमाया गुरुङलाई कृषि तथा पशुपछी राज्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुखको कार्यालय प्राङ्गणमा आज साँझ आयोजित समारोहमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीलाई र मुख्यमन्त्री पाण्डेले राज्यमन्त्रीलाई सपथ ग्रहण गराएका हुन् ।

वि.सं.२०७८ मंसिर २८ मंगलवार १९:५० मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...