back
CTIZAN AD

लेनदेनको राजनीति : देउवालाई सघाए वापत सिंहलाई उपप्रधानमन्त्री, सुजतालाई उपसभापति

वि.सं.२०७८ मंसिर २८ मंगलवार

645 

shares

काठमाडौं । पहिलो चरणमा आफैं सभापतिको उम्मेदवार बनेका प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङ्गले अस्वभाविक रुपमा शेरबहादुर देउवाको पक्षमा समर्थन गर्ने घोषणा गरे ।

समर्थनको घोषणा गरेका सिंहले देउवाको नेतृत्व नै सबैका निम्ति स्वीकार्यता भएसँगै आफुँले समर्थन गरेको बताए । सिंहले देउवाले आफ्नो कार्यशैली परिवर्तन गर्ने कुरामा सहमति जनाएको पनि बताए । उनले समर्थन गर्नुको पछाडिको कारण कार्यशैली परिवर्तन गर्न देउवाले गरेको बाचालाई अगाडि देखाएका छन् ।

तर, तेह्रौ महाधिवेशनभन्दा अगाडिदेखि नै देउवाको नेतृत्व र कार्यशैलीको विरोध गर्दै आएका सिंहको १८० डिग्रीमा भएको बोली परिवर्तनप्रति भने सबैले आश्चर्य मानेका छन् । उनी किन एकाएक कार्यशैली परिवर्तन गर्ने बचनमा प्रतिबद्ध भए सबैले अनौठा मानी हेरेका छन् ।

May be an image of 4 people and people standing

तर, वास्तविकता अर्के भेटिएको छ । कांग्रेस सुत्रले बताएअनुसार उपप्रधानमन्त्रीसहित राजनीतिक लेनदेन गरेसँगै सिंहले समर्थन जनाएका हुन् । दाबी गरिएअनुसार दोस्रो निर्वाचनको निश्चित भएसँगै चाक्सीबारीस्थित प्रकाशमान सिंहको निवासमा पुगेका देउवाले सिंहको मागलाई सम्बोधन गर्ने विश्वास दिलाएका थिए । उनले सिंहलाई गृह मन्त्रालयको जिम्मेवारी नै दिने सहमतिसमेत गरेका छन् ।

सिंहको प्यानलबाट महिला सभापतिमा लडेकी सुजतालाई पनि सहयोग गर्ने प्रतिबद्धता देउवाले गरेका छन् । उनले विधान नै संशोधन गरेर भएपनि महिला उपसभापति बनाउने बचन दिएका छन् । साथै सुजताको मागअनुसार रिक्त उद्योग वाणिज्यमन्त्रीको जिम्मेवारी दिने बचन दिएका छन् ।

सम्बन्धित समाचार

प्रकाशमान सिंह र विमलेन्द्र निधिले किन समर्थन गरे देउवालाई ?

कोइराला परिवारभित्रै विभाजन, शेखरसँग टाढिए शशांक र सुजाता

वि.सं.२०७८ मंसिर २८ मंगलवार १७:४५ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...