back
CTIZAN AD

आज २६४ जना कोरोना संक्रमित थपिदा ३६२ जना निको भए

वि.सं.२०७८ मंसिर २८ मंगलवार

672 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २६४ जना कोरोनाका नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार ७०९ नमुना परीक्षणमा २६४ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २६४ जनासँगै नेपालमा हालसम्म आठ लाख २४ हजार ७६७ जना कोरोना संक्रमित भएका छन् ।

त्यसैगरी आज निको भएका ३६२ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या आठ लाख ७ हजार ५१६ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ९७.९ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा २ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका २ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५५९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार नेपालमा हालसम्म २ करोड ९ लाख ९५ हजार ५३६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये हालसम्म १ करोड १६ लाख २९ हजार ६२१ जनाले पहिलो मात्रा र ९३ लाख ५६ हजार ९१५ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा २ लाख २६ हजार ४८२ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २८ मंगलवार १७:२३ मा प्रकाशित

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

विश्वमञ्चमा नेपाली आईटीः ‘एसोसियो डिजिटल एआई अवार्ड २०२६’ खुला

काठमाडौं । नेपाली सूचना प्रविधि (आईटी) क्षेत्रका नवप्रवर्तनकारी उत्पादन तथा...

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

कान्तिपुर ‘थिएटर’मा महाभारत नाटक

काठमाडौँ । कान्तिपुर थिएटरमा आजदेखि नयाँ नाटक ‘महाभारत’ मञ्चन सुरु...

अनधिकृत संरचना हटाइँदै

अनधिकृत संरचना हटाइँदै

गण्डकी । पोखरा महानगरपालिका–९ पृथ्वीचोक क्षेत्रमा सरकारी जग्गा अतिक्रमण गरी...

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

पहाड र हिमाली क्षेत्रमा पूर्वाधार सेवा प्रवाहको प्रतिव्यक्ति लागत बढ्दो

काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२÷८३ का अनुसार ग्रामीण क्षेत्रको जनसङ्ख्या...

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

अमेरिका-इरान तनावले फेरि बढ्यो तेलको मूल्य,एशियाली शेयर बजारमा गिरावट

तेहरान । इरानमाथि अमेरिकाले नयाँ सैन्य कारबाही गरेपछि बिहीबार अन्तर्राष्ट्रिय...

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

जीवन बिमा शुल्कबाट एक खर्ब २७ अर्ब ६९ करोड सङ्कलन

काठमाडौँ । जीवन बिमा शुल्कमार्फत रु एक खर्ब २७ अर्ब...