back
CTIZAN AD

पछिल्लो २४ घण्टामा ३४१ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २७ सोमवार

666 

shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ३४१ जना कोरोना संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टामा गरिएको १३ हजार २३६ नमुना परीक्षणमा ३४१ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका ३४१ जनासँगै नेपालमा हालसम्म आठ लाख २४ हजार ५०३ जना कोरोना संक्रमित भएका छन् ।

त्यसैगरी आज निको भएका ३७६ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या आठ लाख ७ हजार १५४ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ९८ प्रतिशत हो ।

पछिल्लो २४ घण्टामा नेपालमा ३ कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५५७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार नेपालमा हालसम्म २ करोड ७ लाख ५९ हजार ५४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये हालसम्म १ करोड १४ लाख ५७ हजार ३५ जनाले पहिलो मात्रा र ९३ लाख २ हजार १९ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा १ लाख ८७ हजार ६६४ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

आज देशैभरी थपिए २५४ कोरोना संक्रमित, २३४ जना संक्रमणबाट मुक्त

वि.सं.२०७८ मंसिर २७ सोमवार १६:३२ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...