back
CTIZAN AD

यातायात साधन सञ्चालन गर्न अनुमति

वि.सं.२०७८ मंसिर २७ सोमवार

663 

shares

मान्म । जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्गबाट सहायक सडकमा यातायात सञ्चालन गर्न अनुमति दिएको छ । कर्णाली राजमार्गदेखि कर्णाली करिडोरका सहायक मार्गमा यातायात सञ्चालन गर्न अनुमति दिएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले कर्णाली राजमार्ग र कर्णाली करिडोरबाट यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि अबका दिनमा जिल्ला सदरमुकाम मान्म, सुर्खेत र नेपालगञ्जलगायत ठाउँबाट मजौला खालका सवारी साधन सिधैँ गाउँ–गाउँमा पुग्ने भएका छन् ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले यातायात समितिका पदाधिकारी, राजनितिक दल, सरोकारवालासँग छलफल गरेर जिल्लाको सदरमुकाम मान्मदेखि शुभकालिका गाउँपालिकाको भर्ता, नरहरिनाथ गाउँपालिका–८ र ९ लालु, वडा नं १,२ र ३ कोडवाडा–कुमालगाउँ, सान्नी त्रिवेणी गाउँपालिका–६, ७ मेहलमुडी, घाटाचौर, पलाँता गाउँपालिका, रास्कोट नगरपालिकाका स्थानीय सडकमा सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय गरेका छन् ।

नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका, पलाँता गाउँपालिका र शुभकालिका गाउँपालिकामा यातायातका साधन सञ्चालनको अनुमति नहुँदा यात्रुले सास्ती खेप्नुपरेको र यात्रुलाई सिधँै गाउँ–गाउँमा पुग्न सजिलो होस् भनेर साना तथा मझौला खालका यातायातका साधन सञ्चालनका लागि अनुमति दिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यले बताए ।

कर्णाली करिडोरको खुलालु पुल बनेको र सुर्खेत, नेपालगञ्ज, मान्मलगायतका ठाउँबाट सिधँै कर्णाली करिडोरमा गाडी सञ्चालन गरेपनि वैधानिक रुपमा यातायातका साधन सञ्चालन हुनसकेको थिएन् । शुभकालिका गाउँपालिका, नरहरिनाथ गाउँपालिका, रास्कोट नगरपालिका र पलाता गाउँपालिकामा नियमित रुपमा यातायात सञ्चालन गर्ने अनुमति दिइएको र बिहान गाडी छुट्ने र बेलुकी सोही गतव्यमा फर्किने गरी यातायातका साधन सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी आचार्यले बताए ।

 

वि.सं.२०७८ मंसिर २७ सोमवार १६:११ मा प्रकाशित

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

सिबिफिनद्वारा बैंकका प्रमुख कार्यकारी अधिकृत पक्राउ परेको घटनाप्रति गम्भीर ध्यानाकर्षण

काठमाडौँ । धितो लिलामीको विषयलाई लिएर नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका...

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

आजबाट टाटा मोटर्सले ल्यायो “दग्रान्ड स्विच एक्सचेन्ज क्याम्प”

काठमाडौँ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ...

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

पशुपति क्षेत्र विकास कोषको नयाँ नियमावली जारी, कार्यकारी निर्देशक पद नरहने

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पशुपति क्षेत्र...

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवनमा औषधि खाने एचआइभी सङ्क्रमित एक हजार २०० बढी

चितवन । जिल्लामा नियमित एआरटी औषधि सेवन गर्ने एचआइभी एड्स...

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

कालीगण्डकी करिडोर : बिस्फोटक पदार्थको प्रयोग गरी सडक विस्तार सुरु

म्याग्दी । चीन र भारत जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत म्याग्दीको अन्नपूर्ण...