काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा २५४ जना कोरोना संक्रमित थपिएका छन् ।
पछिल्लो २४ घण्टामा गरिएको ८ हजार ६८२ नमुना परीक्षणमा २५४ जना कोरोना संक्रमित थपिएका हुन् । आज थपिएका २५४ जनासँगै नेपालमा हालसम्म आठ लाख २४ हजार १६२ जना कोरोना संक्रमित भएका छन् ।
त्यसैगरी आज निको भएका २३४ जनासँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या आठ लाख ६ हजार ७८८ पुगेको छ । कूल संक्रमित मध्ये निको हुनेको यो संख्या ९७.९ प्रतिशत हो ।
पछिल्लो २४ घण्टामा नेपालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । आज थपिएका १ जनासँगै हालसम्म ज्यान गुमाउनेको संख्या ११ हजार ५५४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा जारी विवरण अनुसार नेपालमा हालसम्म २ करोड ५ लाख ७१ हजार ३९० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । ती मध्ये हालसम्म १ करोड १३ लाख ६ हजार ९३४ जनाले पहिलो मात्रा र ९२ लाख ६४ हजार ४५६ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।
नेपालमा पछिल्लो २४ घण्टामा ६९ हजार ५८० जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।
वि.सं.२०७८ मंसिर २६ आइतवार १६:१७ मा प्रकाशित






























