back
CTIZAN AD

आज थप २३६ जनामा कोरोना सङ्क्रमण, एकजनाको मृत्यु

वि.सं.२०७८ मंसिर २५ शनिवार

678 

shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २३६ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनासंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको नौ हजार १७८ नमुना परीक्षणमा २३६ जनामा संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा पिसीआर परीक्षण गरिएका सङ्क्रमितको सङ्ख्या आठ लाख २३ हजार ९०८ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

एन्टिजेन विधिबाट परीक्षण गर्दा सङ्क्रमितको सङ्ख्या ९५ हजार ७७० पुगेको छ । पछिल्लो समय थप ३०७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको सङ्ख्या आठ लाख ६ हजार ५४४ पुगेको छ । निको हुने दर ९७ दशमलव नौ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

कोरोनाबाट एकको मृत्यु

पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ५५३ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत छ । त्यसैगरी पछिल्लो समय दुई लाख ६६ हजार ९८८ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको मन्त्रालयले जनाएको छ ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ८८३ छ । हाल होम आइसोलेशनमा पाँच हजार ६०६, संस्थागत आइसोलेशनमा २७७, सघन उपचार कक्षमा ११२ र भेन्टिलेटरमा २७ जनाको उपचार हुँदैछ ।

आज कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी, ३ जनाको मृत्यु

वि.सं.२०७८ मंसिर २५ शनिवार १८:०१ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...