काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोनाबाट संक्रमित हुने भन्दा निको हुनेको संख्या बढी रहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा गरिएको १० हजार ४८७ नमुना परीक्षणमा २५९ जनामा संक्रमण पुष्टि भएको हो । सोहि अवधिमा ३३७ जना संक्रमणबाट मुक्त भएका हुन् ।
आज थपिएका २५९ जनासँगै नेपालमा कोरोनाबाट हालसम्म संक्रमित हुनेको संख्या ९ लाख १९ हजार १९९ पुगेको छ ।
त्यसैगरी पछिल्लो २४ घण्टामा निको भएका ३३७ जनासँगै हालसम्म संक्रमणबाट मुक्त हुनेको संख्या ८ लाख ६ हजार २३७ पुगेको छ ।
त्यस्तै नेपालमा आज कोरोनाबाट ३ जनाको मृत्यु भएको छ । आज थपिएका ३ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५५२ पुगेको छ ।
नेपालमा हाल ५ हजार ९९७ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । ती मध्ये होम आइसोलेशनमा ५ हजार ७२० जना रहेका छन् भने २७७ जना संस्थागत आइसोलेशनमा रहेका छन् । साथै देशैभरीका विभिन्न अस्पतालका आइसीयुमा ११५ र भेन्टिलेटरमा ३१ जनाको उपचार भइरहेको छ ।
त्यसैगरी नेपालमा कोरोनाविरुद्धको खोप लगाउनेको संख्या २ करोड नाघेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ३२१ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएसँगै नेपालमा हालसम्म संख्या २ करोड २ लाख ३४ हजार ८२२ पुगेको छ । ती मध्ये १ करोड १० लाख ६६ हजार ४६४ जनाले पहिलो मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले दुवै मात्राको खोप लगाइसकेका छन् ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १६:०१ मा प्रकाशित




























