काठमाडौं । भारतीय जनता पार्टीका नेता डा. हर्षवद्र्धनले कांग्रेस महाधिवेशनको उद्घाटन सत्रमा नेताहरुको जमघटलाई लिएर आश्चर्य प्रकट गरेका छन् । उनले पूर्वप्रधानमन्त्रीहरु यसरी उपस्थित हुनु अनौठो भएको बताए ।
हर्षवर्द्धनले भने,‘मेरो जीवनमा यति धेरै प्रधानमन्त्री एउटै मञ्चमा पहिलोपटक देखें । अर्को दलको महाधिवेशनमा शुभकामना दिन अर्को दलका यति धेरै वरिष्ठ नेताहरु पहिलोपटक देखें ।’
राजनीतिका लागि ठूलो मन हुनुपर्ने अटल विहारी वाजपेयीको भनाई उदृत गर्दै नेपाली नेताहरुको विशाल हृदय भएको बताए ।
एउटा पार्टीको महाधिवेशनमा फरक–फरक विचारधारा भएका दलका नेताहरु सहभागी हुनुलाई पनि उनले उदाहरणीय भन्दै हर्षवद्र्धनल प्रशंसा गरेका छन् ।
नेपाली कांग्रेसको महाधिवेशन उद्घाटन सत्रमा प्रधानमन्त्री शेरबहादुर देउवासहित पूर्वप्रधानमन्त्रीहरु क्रमशः केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधवकुमार नेपाल र लोकेन्द्रबहादुर चन्द उपस्थित थिए ।
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १५:४९ मा प्रकाशित




























