back
CTIZAN AD

कांग्रेस महाधिवेशन : ओली, दाहाल र नेपाल एउटै मञ्चमा

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

726 

shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा –एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल लामो समय पछि एउटै मञ्चमा देखिएका छन् । नेपाली कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन सत्रमा तीन नेता सँगै देखिएका हुन् ।

तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को विघटनसँगै तीन नेता एउटै मञ्चमा देखिएका थिएनन् । सर्वोच्चको आदेशसँगै एमाले र माओवादी साबिक अवस्थामै ब्यूँतिएका थिए । ब्यूतिएको एमाले पनि विभाजित भएको थियो ।

तीन नेतामध्ये प्रचण्ड र माधव पटक–पटक सँगै भएपनि ओली भने सँगै थिएनन् ।

ओली र प्रचण्ड–माधवबीच निकै राजनीतिक तिक्तता छ । ओलीले माधव नेपालको पार्टीलाई अवैधानिक भन्दै आएका छन् । उनले माधवसहितका १४ सांसदलाई पदमुक्त गर्नुपर्ने भन्दै संसद अवरुद्ध गर्दैसमेत आएका छन् ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १५:१५ मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...