काठमाडौं । महाधिवेशन सुरु हुँदै गर्दा नेपाली कांग्रेसभित्र अनौठो धुव्रीकरण देखिन थालेको छ । विगतमा समूहहरु विभाजित हुने र नयाँ समूहहरु बन्ने अवस्था बन्न थालेको छ ।
संस्थापन समूहभित्र ठूलो विभाजन देखिएको छ । प्रभावशाली नेता नै शेरबहादुर देउवाको विरुद्वमा देखिएका छन् । यता संस्थापन पक्ष इतरको समूहमा पनि अनौठो धुव्रीकरण देखिन थालेको छ ।
संस्थापन इतरको समूहमा सर्वसम्मत नेतृत्वको प्रयास भइरहेको छ । रामचन्द्र पौडेललाई सभापति बनाउने गरि नेताहरु छलफलमा जुटेका छन् । तर, अनौठो प्रकाशमान सिंह एकल रुपमै भएपनि उम्मेदवारी दिने गरि अगाडि बढेका छन् । सिंहलाई मनाउन नेताहरुले गरेको पटक–पटकको प्रयास असफल भईरहेको छ ।
पौडेल समूहभित्र सभापतिका तीन वटा दाबेदार छन् । जसमध्ये सिंह मात्रै आफ्नो अडानमा कायम देखिएका छन् ।
कांग्रेसमा अर्को नयाँ ट्विस्ट देउवा पक्षीय नेता विमलेन्द्र निधि नै पौडेलको पक्षमा उभिएका छन् । उनले देउवाको विकल्प खोज्नुपर्ने बताइरहेका छन् ।
कांग्रेस युवाहरुको नेतृत् वगर्ने नेताहरु पनि पौडेलको पक्षमा उभिएका छन् ।
देउवा प्रतिकुल बन्दै माहोल
निधि मात्रै नभई संस्थापन पक्षकै थुप्रै प्रभावशाली नेताहरु नै देउवाको विपक्षमा उभिएका छन् । देउवा समूहभित्र पदाधिकारीको विषयमा हालसम्म टुंगो नलाग्नु पनि समूहभित्रको विभाजित अवस्था हो ।
निधिसँगै देउवाको सहयोगी जस्ता देखिएका गोपालमान पनि अहिले उनको पक्षमा देखिएका छन् । स्वंय नै सभापतिको उम्मेदवार बन्न खोजिरहेका श्रेष्ठ देउवाको पक्षमा उभिने वा विकल्प खोज्ने भन्नेमा छन् ।
सम्बन्धित समाचार
कांग्रेसमा ट्वीस्ट : पौडेलको पक्षमा उभिए निधि, सर्वसम्मत सभापति बनाउन प्रस्ताव
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १४:३२ मा प्रकाशित




























