काठमाडौं । महाधिवेशन सुरु हुँदै गर्दा कांग्रेसमा अनौठो ट्वीस्ट देखिएको छ । सभापतिका पदका प्रत्यासी विमलेन्द्र निधि नै वरिष्ठ नेता रामचन्द्र पौडेलको पक्षमा उभिएका छन् । उनले पौडेललाई सर्वसम्मत सभापति बनाउन प्रस्ताव गरेका छन् ।
उनले पार्टीलाई एकताबद्ध बनाउन पनि सर्वसम्मत नेतृत्व आवश्यक भएको बताए । उनले पौडेल सर्वसम्मत नेतृत्वको लागि उपयुक्त पात्र भएको बताए ।
निधिले भनेका छन्, ‘पार्टीभित्र एकताको सन्देश दिन जरुरी छ, यदि पौडेललाई सर्वसम्मत सभापति बनाउने हो भने म स्वीकार गर्न तयार हुन्छ ।’
निधिको प्रस्तावसँगै कांग्रेस सभापतिको लागि भएको प्रतिस्पर्धा नयाँ मोडमा देखिएको छ । यसले कांग्रेसभित्र देखिएका विगतका गुटहरु पनि भत्किने देखिएको छ ।
निधिको प्रस्तावसँगै नेताहरु छलफलमा जुटेका छन् । निधिको प्रस्तावसँगै रामचन्द्र पौडेल पक्षमा सभापतिको दाबेदार गरिरहेका नेताहरु पनि पछि हट्ने अवस्था बनेको छ ।
सम्बन्धित समाचार
पौडेललाई नै सभापतिको साझा उम्मेदवार बनाउने छलफलमा जुटे नेताहरु
वि.सं.२०७८ मंसिर २४ शुक्रवार १३:४२ मा प्रकाशित




























