back
CTIZAN AD

अक्सिजन प्लान्ट र पिसिआर प्रयोगशाला सञ्चालनमा

वि.सं.२०७८ मंसिर २४ शुक्रवार

642 

shares

सिन्धुपाल्चोक । चौतारा अस्पतालले अक्सिजन प्लान्ट सञ्चालनमा ल्याएको छ ।

प्लान्ट सञ्चालनसँगै बिरामीको शय्यामै पाइपलाइनबाट अक्सिजन पुर्याइएको छ । प्लान्टले प्रतिघण्टा ८५ देखि ९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट डा करुणा बज्राचाार्यले बताएकी छिन् ।

उनका अनुसार उत्पादित अक्सिजन पाइपलाइनबाट अस्पतालको कोभिड वार्ड, इर्मर्जेन्सी र अन्य वार्डमा रहेका शय्यामा पु¥याइएको छ । अस्पतालमा आफ्नै अक्सिजन प्लान्ट जडान भएपछि अक्सिजन लिनका लागि अन्यत्र जानुपर्ने अवस्थाको अन्त्य भएको छ । “हामीले चौतारा अस्पतालबाट बिरामीहरुलाई सम्पूर्ण सेवा सुविधा दिने गरी काम गरिरहेका छौँ”, अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिका अध्यक्ष ईश्वरीप्रसाद श्रेष्ठले भनिन् “अस्पतालको भवन नहुँदासमेत नगरपालिकाले दिएको फिल्ड ट्रेनिङ सेन्टरलाई आइसोलेसन वार्ड र पिसिआर ल्याब स्थापना गरी बिरामीको उपचार गरेका थियौँ ।” चीन सरकारको सहयोगमा तत्काल चौतारा अस्पतालको भवन निर्माण गरिने उनले बताइन् ।

त्यस्तै, जिल्ला अस्पताल चौताराबाट कोभिड–१९ को पिसिआर परीक्षण सुरु भएको छ । वाग्मती प्रदेश सरकारको आर्थिक सहयोगमा पिसिआर परीक्षण प्रयोगशाला स्थापना भएसँगै सिन्धुपाल्चोकमै कोरोना भाइरस परीक्षण सुरु भएको हो । चौतारा अस्पतालमा पिसिआर मेसिन जडान गरी पिसिआर प्रयोगशाला ल्याब सञ्चालनमा ल्याइएको छ । बिहीबार वाग्मती प्रादेशिक प्रयोगशाला धुलिखेलका निर्देशक नारायण कार्कीसहित तीनजनाको प्राविधिक टोलीले पिसिआर मेसिन जडान गरेर नमूना परीक्षण गरेका थिए ।

प्रयोगशालामा १० जनाको स्वाब परीक्षण गर्दा परीक्षण सफल भएको निर्देशक कार्कीले जानकारी दिए । कोभिड– १९ परीक्षण प्रयोगशाला सञ्चालनका लागि पाँचजना स्वास्थ्यकर्मीको व्यवस्था गरिएको चौतारा अस्पतालले जनाएको छ । यसअघि कोरोना आशङ्का गरिएका बिरामीको स्वाब धुलिखेल वा काठमाडौँ पठाउनुपर्ने बाध्यता थियो । जिल्लामै पिसिआर मेसिन भएपछि अब पिसिआर परीक्षणका लागि स्वाब सङ्कलन गरी बाहिर पठाउनुपर्ने बाध्यता हटेको छ ।

वि.सं.२०७८ मंसिर २४ शुक्रवार १३:३० मा प्रकाशित

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

बागमती नदी किनाराका चालिस प्रतिशत घरटहरा हटाइयो

काठमाडौँ । थापाथलीस्थित बागमती नदी किनाराका घरटहरा शान्तिपूर्ण रूपमा हटाइएका...

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

बितेका २४ घण्टामा दुई हजार नौ सय बढी ट्राफिक कारबाहीमा

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ९०३ जना सवारी...

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

खाली भयो थापाथलीस्थित सुकुमबासी बस्ती

काठमाडौँ । काठमाडौँको थापाथलीस्थित सुकुमबासी बस्ती खाली गरिएको छ ।...

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि समितिले तोकेको कृषिउपजको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

तीस दिनभित्र सम्पर्कमा आउन भूमिहीनलाई महानगरको अनुरोध

वीरगञ्ज (पर्सा) । वीरगञ्ज महानगरले यहाँको मुल सडक विस्तारको क्रममा...

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

पश्चिमी वायुको प्रभाव, आज, केही स्थानमा वर्षा र चट्याङको सम्भावना !

काठमाडौँ । पश्चिमी र स्थानीय वायुको आंशिक प्रभावका कारण देशका...