back
CTIZAN AD

झिल्का कविता

वि.सं.२०८३ वैशाख १२ शनिवार

1.4K 

shares

बाबुराम गौतम, गुल्मी

१.
महङ्गीले छोयो आकाश
गरिबले सजाएका सपना
भएजति भए खलास l

२.
चिसिए कैयौँका चुला
चुनावको बेला सबैले
पार्छन् आँखामा फुला l

३.
बुझ्दैनन् कसैले व्यथा
राहतको न्यानो घाम
भयो एकादेशको कथा l

४.
कामको मेसो भेटिएन
अहिले पनि गरिबको
मनको प्यास मेटिएन l

५.
समृद्धि छाओस् देशमा
जनता छन् आसामुखी
बदलिदो यो परिवेशमा l


निर्धनता अभिशाप हैन
सम्बोधन नगरेसम्म राज्यले
यिनको अवस्था सुध्रिदैन l

७.
अवसर रहेछ ठूलो
गरिबको अगाडि जहिले
ठडिन्छ विभेदको तुलो l

८.
सम्बन्धलाई समय दिऊँ
जीवनलाई खुसी तुल्याउने
अपरिमेय आनन्द लिऊँ l

९.
सत्कार्यमा भएर सहभागी
हरेक समुदायबाट लड्नुपर्छ
आफ्नो स्वाभिमानको लागि l

१०.
नयाँ बिहानी आउँदैछ
घाम छरिएर कुनाकुन्टा
प्यारो धरा जगमगाउँदैछ l

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:२२ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...