back
CTIZAN AD

कविता : मातृशक्तिमा हजार लाख वन्दना

वि.सं.२०८३ वैशाख १२ शनिवार

825 

shares

कृष्णप्रसाद पौडेल ”जस्ताधरे”
विदुर – ४, बट्टार, नुवाकोट

अनेक श्रेष्ठ कर्म छन्, सशक्त मातृशक्तिका ।
कथा र तथ्य सत्य छन्, विभिन्न मातृभक्तिका ॥
पुकार गर्छु मेदिनी, गरेर नित्य साधना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।१।

असीम प्रेम पोख्दछिन् , मुमा सुता र पुत्रमा ।
नवीन मार्ग कोर्दछिन्, प्रदीप्त दिव्य सूत्रमा ॥
मुमा हियारसिन्धुमा, विशुद्ध हुन्छ भावना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।२।

मनुष्यजाति ईशका, मुहान हुन् स्वयम् मुमा ।
गवाह बस्न सक्दछन्, धरा र सूर्य चन्द्रमा ॥
अखण्ड हुन्छ सत्य जो, छ सर्वमान्य सिर्जना ।
समस्त मातृशक्तिमा, म गर्छु लाख वन्दना ।३।

रमा उमा र देवकी, जया समान हुन् मुमा ।
छ भक्तिभाव मातृमा, भनी म पर्छु पाउमा ॥
खपेर भोक रोगको, सँभाल्दछिन् नि नन्दिना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।४।

अनेक विघ्न कष्टका, नदी तरेर हिँड्दछिन् ।
करोडलाख वेदना, खपेर भिड्न सक्दछिन् ॥
म पुज्छु पूज्य मातरी, गरेर भव्य अर्चना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।५।

विभिन्न गेह बागकी, सुवास पुष्प हुन् मुमा ।
मिठास राग चालकी, अमूल्य वीज हुन् मुमा ॥
सुरम्य गान आसिका, मुमासुधा छ सम्झना ।
समस्त मातृशक्तिमा, हजारलाख वन्दना ।६।

छन्द : पञ्चचामर
गण : ज – र – ज – र – ज – गु
सङ्केत : ISI – SIS – ISI – SIS – ISI – S

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:२१ मा प्रकाशित

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

समस्यापूर्ति : स्नेहले हँसाउने, बुबामुमा सुखी रहून् ॥

कृष्णप्रसाद पौडेल 'जस्ताधरे' विदुर -४, बट्टार, नुवाकोट कर्ममा रमाउँदै विचारले...

साउन विशेष झिल्का कविताहरू

साउन विशेष झिल्का कविताहरू

वसन्त अनुभव, वसन्तविहार १ रिमझिम झरी पर्‍यो भयो हरियाली चारैतिर...

चारु

चारु

लक्ष्मी दास शर्मा टासिछोलिङ, साम्ची, भुटान मकैको घोगा धानको बाला...

सुसेली : इन्द्रेणी

सुसेली : इन्द्रेणी

समृद्धि के.सी. ग्रीनहिल स्कुल फर्पिङ,कक्षा ६ आकाशै माथि सातै रङ्ग...

गजल

गजल

अरुण खड्का, कीर्तिपुर , काठमाडौँ दिल निकै पग्लियो के भयो...

गजल

गजल

भूपाल अधिकारी, विराटनगर सत्यवादी खुब जहाँ लाचार हुन्छ धुन्धुकारीको त्यहाँ...