back
CTIZAN AD

चारु

वि.सं.२०८३ वैशाख १२ शनिवार

711 

shares

मन्दा पौडेल, काठमाडौँ

शाश्वत छ,न त ऊ हार मान्छ,न कोहीसँग डराउने छ।
नियति हो,चढाएर रुख आफैँ,फेरि तल झराउने छ।

जरुरी यो छैन कि बाडुल्की लाग्ने बित्तिकै कसैले सम्झियोस्,
एक दुई घुट्का पानी पिएर त हेर्नुस्,आफैँ हराउने छ।

भै गो हतार नगर्नुस्,सुख होइन सबैलाई बाँड्नलाई,
उघार्न हुन्न दु:खको दैलो,आफ्नै छाया नि लरखराउने छ।

चुम्न चाहन्थ्यो शिखर,कठै चिचिलो रहरलाई के थाहा,
बारम्बार यो समयले हृदयमा आघात गराउने छ।

कृतज्ञ हुन सिक्यौ भने आज नदी तराउने डुङ्गाप्रति,
चौड्याएर त्यो छाती उसले,भोली पनि नदी तराउने छ।

अक्षर सङ्ख्या : २१
अनुप्रास : आउने
शेष अनुप्रास : छ
अभ्यास : चारु अभ्यास पाठशाला

वि.सं.२०८३ वैशाख १२ शनिवार ०८:१९ मा प्रकाशित

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

कवि दाहालको “महाकवि लक्ष्मीप्रसाद देवकोटा” महाकाव्य लोकार्पण

काठमाडौँ । कवि कलानिधि दाहालको महाकाव्य “महाकवि लक्ष्मीप्रसाद देवकोटा” को...

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

कवि अस्तित्वको कविता सङ्ग्रह ’चिहानमाथि महल बनाइरहेको मान्छे’ माथि समीक्षा

दाङ । राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङको आयोजनामा कवि...

चारु

चारु

दिपक पनेरु,ईश्वरपुर ४, सर्लाही छुटेपछि दिल मेरो घायल भएछ तिम्रो...

झिल्का कविता

झिल्का कविता

शिवहरि खनाल,धादिङ १. सुखकाे आधार शान्ति शान्तिबाटै आउने हाे हाम्राे...

कविता : छोटा भाइ इन्डिया

कविता : छोटा भाइ इन्डिया

हिरा भट्ट 'बदमास नम्बर दुई' पञ्चेश्वर-६, बैतडी छोटा भाइ पडोसका...

सुसेली : पानी

सुसेली : पानी

प्रमाेद नेपाल,काठमाडौँ (१) बुझ्दछ ज्ञानी झर्छ तल बादल बाेकेर पानी...